News Category 2072/04/03
मधेशी जनताको हितमा संविधान नआए त्यसको कुनै औचित्य रहदैन् ः मातृका यादव
राजविराज÷संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका केन्द्रिय संयोजक मातृका प्रसाद यादवले मधेश र मधेशी जनताको हितमा संविधान नआए त्यसको कुनै औचित्य नरहने बताउनु भएको छ ।
संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति सप्तरीको आयोजनामा शनिबार राजविराजमा आयोजित दोश्रो संविधान सभा र मधेशी अधिकार विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले जर्वजस्ती संविधान ल्याउँने संविधानको कुनै औचित्य नरहने तथा त्यसको विरुद्धमा संयुक्त रुपमा आन्दोलन गर्ने उद्घोष गर्नुभयो । मधेशी जनताको अधिकार बिनाको संविधान ल्याएमा सडक आन्दोलनमा जाने स्पष्ट पार्दै आन्तरिम संविधानको अवस्था एकदमै नाजुक रहेको उलेख गर्नुभयो ।
यादवले संविधानको मस्यौदामा संघियता शब्द समेत हटाएर मधेश र मधेशी जनतामाथि ठुलो षडयन्त्र गरेपनि मधेशवादी दलहरु सत्ता, भत्ता र कुपनमा सीमित रहेको आरोप समेत लगाउँनुभयो ।
मधेशवादी दलहरु आफुलाई जमिन्दार बुझदै आएको आरोप लगाउँदै उहाँले जसका कारण मधेशको हितमा संविधान नआउँने प्रवल संम्भावना रहेको दाबी समेत गर्नुभयो ।
उहाँले आत्मनिर्णयको अधिकार सुनिश्चितताका साथै एक मधेश एक प्रदेश कायम हुनुपर्नेमा जोड दिनुभयो । एक अर्को प्रसङ्गमा उहाँले बिना संघर्ष मधेशीको अधिकार नमिल्ने बताउँदै अधिकार नपाएसम्म सम्झौताको बिरोध गर्न सम्पुर्ण मधेशीहरुसँग अनुरोध समेत गर्नुभयो ।
संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति सप्तरीका संयोजक छेदी यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य महेश प्रसाद यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य भागवत मण्डल, मैथिल महासंघका अध्यक्ष बिष्णु कुमार मण्डल, संचार यात्रा नेपालकी करुणा झा, समाजसेवी हासिम अंसारी सहितकाहरुले आ–आप्mनो धारणा राख्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ