News Category 2072/04/03
मधेशी जनताको हितमा संविधान नआए त्यसको कुनै औचित्य रहदैन् ः मातृका यादव
राजविराज÷संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका केन्द्रिय संयोजक मातृका प्रसाद यादवले मधेश र मधेशी जनताको हितमा संविधान नआए त्यसको कुनै औचित्य नरहने बताउनु भएको छ ।
संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति सप्तरीको आयोजनामा शनिबार राजविराजमा आयोजित दोश्रो संविधान सभा र मधेशी अधिकार विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले जर्वजस्ती संविधान ल्याउँने संविधानको कुनै औचित्य नरहने तथा त्यसको विरुद्धमा संयुक्त रुपमा आन्दोलन गर्ने उद्घोष गर्नुभयो । मधेशी जनताको अधिकार बिनाको संविधान ल्याएमा सडक आन्दोलनमा जाने स्पष्ट पार्दै आन्तरिम संविधानको अवस्था एकदमै नाजुक रहेको उलेख गर्नुभयो ।
यादवले संविधानको मस्यौदामा संघियता शब्द समेत हटाएर मधेश र मधेशी जनतामाथि ठुलो षडयन्त्र गरेपनि मधेशवादी दलहरु सत्ता, भत्ता र कुपनमा सीमित रहेको आरोप समेत लगाउँनुभयो ।
मधेशवादी दलहरु आफुलाई जमिन्दार बुझदै आएको आरोप लगाउँदै उहाँले जसका कारण मधेशको हितमा संविधान नआउँने प्रवल संम्भावना रहेको दाबी समेत गर्नुभयो ।
उहाँले आत्मनिर्णयको अधिकार सुनिश्चितताका साथै एक मधेश एक प्रदेश कायम हुनुपर्नेमा जोड दिनुभयो । एक अर्को प्रसङ्गमा उहाँले बिना संघर्ष मधेशीको अधिकार नमिल्ने बताउँदै अधिकार नपाएसम्म सम्झौताको बिरोध गर्न सम्पुर्ण मधेशीहरुसँग अनुरोध समेत गर्नुभयो ।
संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति सप्तरीका संयोजक छेदी यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य महेश प्रसाद यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य भागवत मण्डल, मैथिल महासंघका अध्यक्ष बिष्णु कुमार मण्डल, संचार यात्रा नेपालकी करुणा झा, समाजसेवी हासिम अंसारी सहितकाहरुले आ–आप्mनो धारणा राख्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ