News Category 2072/04/03
नवीन साप्ताहिक “क” वर्गमा
राजविराज÷प्रेस काउन्सिल नेपालद्वारा आ.व. ०६९÷०७० र ०७०÷०७१ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिएको नतिजा अनुसार राजविराजबाट प्रकाशित नवीन साप्ताहिक “क” वर्गमा परेको छ । नवीनसँगै सूचना साप्ताहिक र कृष्णा दैनिक पनि सो वर्गमा परेको छ ।
यता राजविराजबाट प्रकाशित दैनिक पत्रिकाहरु मध्ये दुई वटा दैनिक “ग” तथा ७ वटा दैनिक पत्रिका “ख” वर्गमा परेका छन् ।
आ.व. ०६९÷०७० मा वर्गीकरणका लागि फाराम भरेका ८८१ वटा पत्रिकाहरु मध्ये ७७८ पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् भने बाँकी १०३ वटा विविध कारणले वर्गीकरणमा समावेश नभएको जनाइएको छ ।
जसमध्ये राष्ट्रिय वर्गमा २१२, क्षेत्रीयमा १९१ रहेका छन भने स्थानीय वर्गमा ३७५ वर्गीकृत भएका छन् । जम्मा बर्गिकरण मध्ये ‘क+’ मा ११ ‘क वर्ग’ मा २१०, ‘ख’ वर्गमा ३१३, ‘ग’ वर्गमा १८६ र ‘घ’ वर्गमा १५८ पत्रपत्रिका बर्गिकरणमा परेका छन् ।
यसैगरी आ.व. ०७०÷०७१ मा बर्गिकरणका लागि फाराम भरेका ८७५ पत्रपत्रिका मध्ये ८२२ पत्रिका बर्गीकरणमा समावेश भएका छन् भने ५३ पत्रपत्रिकाहरुको नतिजा स्थगित गरिएको छ । जसमध्ये राष्ट्रिय स्तरमा २००, क्षेत्रीय स्तरमा १८७ र स्थानीय स्तरमा ४३५ पत्रपत्रिका रहेका छन् ।
यसवर्षदेखि मापदण्ड वमोजिम ‘क+’ मा ७ दैनिक र ३ साप्ताहिक गरी १० पत्रिका बर्गिकरणमा परेका छन् । जम्मा बर्गिकरणमध्ये ‘क+’ मा १० ‘क वर्ग’ मा २३१, ‘ख’ वर्गमा ३२६, ‘ग’ वर्गमा २०२ र ‘घ’ वर्गमा ५३ पत्रपत्रिका बर्गिकरणमा परेको प्रेस काउन्सिल नेपालको वेवसाइटमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ