News Category 2072/04/04
संविधानको मस्यौदामाथि आज क्षेत्र नं. १, २ र ३ मा राय सुझाव संकलन गरिदै
दैनिक संवाददाता
राजविराज, ३ साउन ।
संविधानको मस्यौदा २०७२ माथि सुझाव संकलन गर्ने कार्यमा सहयोग पु¥याउनका लागि सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा आइतबार छलफल सम्पन्न भएको छ ।
साउन ४ र ५ गते जनताको राय सुझाव सङ्कलन गरिने कार्य भएको हुँदा सो विषयमा सभासद्हरु, स्थानीय प्रहरी प्रशासन, विभिन्न राजनीतिक दल, कार्यालय प्रमुख लगायतको उपस्थितिमा बृहत छलफल भएको थियो ।
संविधानको मस्यौदा र खटिएका कर्मचारी, सभासद्को सुरक्षा तथा शान्तिसुरक्षाको पूर्ण व्यवस्थाका विषयमा छलफल भएको सहभागि एक राजनीतिक दलका अध्यक्षले जानकारी दिनुभयो । संविधानको मस्यौदाबारे राय संकलन गर्ने कार्यमा केही दलहरुले बाद्या उत्पन्न गरिरहेको समयमा उनीहरुलाई पनि आफ्नो चित्त नबुझेको कुरालाई मस्यौदामाथी राय सुझाव दिन छलफलमार्फत आग्रह गरिएको छ ।
संविधानको मस्यौदा माथी राय सुझाव संकलन गर्ने कार्य लिखित र मौखिक दुबै प्रकारको हुने सोही छलफलमा सहभागि राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
सो छलफल कार्यक्रममा असन्तुष्ट रहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले कार्यक्रममा सहभागि नभई बाहिर निस्केका थिए ।
साउन ४ गते सप्तरी निर्वाचन क्षेत्र नं १, २ र ३ मा र साउन ५ गते क्षेत्र नं ४, ५ र ६ मा संविधान मस्यौदामाथिको सुझाव सङ्कलन गरिने कार्यक्रम रहेको छ ।
जस अन्तरगत साउन ४ गते क्षेत्र नं. १ मा कंचनपुरस्थित अन्नपूर्ण क्याम्पस प्राङ्गण, क्षेत्र नं. २ मा भारदहस्थित विपी माविको प्राङ्गण र क्षेत्र नं. ३ मा राजविराजस्थित जिविस हलमा संविधान मस्यौदामाथिको सुझाव सङ्कलन गरिने कार्यक्रम रहेको छ ।
यस्तै साउन ५ गते क्षेत्र नं. ४ मा पातोस्थित गाविस भवनको प्राङ्गण, क्षेत्र नं. ५ मा कुशहाको उच्च मावि प्राङ्गण र क्षेत्र नं. ६ मा बोदेबर्साइनस्थित उच्च मावि प्राङ्गणमा सो कार्यक्रम रहेको बुझिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ