News Category 2072/04/04
अज्ञात रोगका कारण सप्तरीको रामनगरमा दुईको मृत्यु, दुई दर्जन बिरामी
दैनिक संवाददाता
राजविराज, ३ साउन ।
अज्ञात रोगका कारण सप्तरीको रामनगर गाविस ३ स्थित दलित बस्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई दर्जन भन्दा बढी बिरामी पर्नुका साथै सो रोगबाट सयौ प्रभावित भएका छन् ।
अज्ञात रोगका कारण स्थानीय ३० वर्षिया सुनिता देवी सदा र सोही ठाउँका २५ वर्षिया मखनी देवी सदाको मृत्यु भएको छ ।
अचानक बेहोश भई रक्तचाप बढने, रिंकटा लाग्ने, पेट दुख्ने जस्ता रोगका लक्षणहरु देखापरेको स्थानीयबासीहरुले बताएका छन । सो रोगका कारण सुनिताको शनिबार राति र मखनीको आईतबार बिहान मृत्यु भएको स्थानीयहरुले बताएका छन ।
सो रोगका कारण खासगरी बालबालिका र महिलाहरु प्रभावित भएको स्थानियहरुले बताएका छन । यसैबिच रामनगरको दलित बस्तीमा कुन रोग लागेको तत्काल थाहा नभएपनि त्यहाँ बोदे बसाईन स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरुको एक टोली परिचालन गरीएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय कुमार झाले जानकारी दिनुभयो ।
अहिलेसम्म कुन रोग रहेको थाहा नपाएपनि स्वास्थ्यकर्मीहरु त्यहाँ पुगी स्लायन पानी तथा आवश्यक औषधि गर्दै आएको प्रमुख झाको भनाई छ । साथै त्यहाँका स्थानियहरुमा रक्त संचार अत्यन्त कम मात्रामा भेटिएको प्रमुख झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ