News Category 2072/04/04
कंचनरुपसहित विभिन्न गाविसमा मस्यौदा जलाइए
दैनिक संवाददाता
राजविराज, ३ साउन ।
सप्तरीको कंचनरुप नगरपालिकाले कंचनपुर बेरियमा आइतबार आयोजना गरेको नगरस्तरीय संविधानको मस्यौदामा सुझाव संकलन कार्यक्रम सुरु नहुदै विथोलिएको छ ।
मधेस केन्द्रित दलका कार्यकर्ताहरुले मस्यौदा जलाउँदै विरोध गरेपछि कार्यक्रम दुई मिनेटमै स्थगित भएको थियो । नगरपालिकाका अधिकृत आनन्द ठाकुरले मस्यौदामा सुझाव सोमबार पनि दिन सकिने भन्दै कार्यक्रम स्थगगित गर्नुभएको थियो ।
सो कार्यक्रम स्थगित भएको आधा घण्टापछि प्रहरीले मधेसवादी दलका कार्यकर्ताहरुमाथि हातपात गरेका थिए । कार्यक्रम स्थगन भएको १ घण्टा पछि कार्यक्रम फिल्डमा रहेका २, ४ जनालाई सुझाव दिन भन्दै कोठा भित्र लगेर उपस्थितीमा हस्ताक्षर गर्न लगाइएको थियो ।
कतिपय सहभागीहरुले मस्यौदा नपाएको प्रति नगरपालिकासँग रिसाएका थिए । नगर अधिकृतले भने आफूहरुसँग जम्मा ४३ थान मस्यौदा मात्र आएकोले त्यसमध्ये १ थान राखेर ४२ थान वितरण गरेको बताएका थिए ।
यसैबिच बरही बिरपुर गाविस भवनमा आयोजित संविधानको मस्यौदामा सुझाव संकलन कार्यक्रममा समेत बिथोलिएको छ ।
गाविस सचिव ओम प्रकाश ठाकुर, सहायक प्राविधिक सिताराम राय सहितकाहरुले संविधानको मस्यौदामा सुझाव संकलन कार्यक्रम आयोजना गरेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले संविधानको मस्यौदा खोसेर जलाएका छन ।
मोर्चासँग आवद्ध संघिय समाजवादी फोरम नेपालका नेताहरु तारकेश्वर यादव, महेश प्रसाद यादव सहितका नेता तथा कार्यकर्ताहरुले संविधानको मस्यौदा गाविस सचिवबाट खोसेर जलाएका हुन ।
यसैबिच सप्तरीको पोर्ताहा गाविसमा समेत संविधानको समस्यौदा मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले च्यातेका छन । सोही क्रममा २ जनालाई प्रहरीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय कंचनपुरमा राखेका छन् । त्यस्तै जिल्लाको अन्य विभिन्न ग्रामिण भेगहरुमा मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले मधेश विरोधी संविधानको मस्यौदा जलाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ