News Category 2072/04/09
गैसस महासंघका नव पदाधिकारीहरुको पदस्थापना
दैनिक संवाददाता
राजविराज, ८ साउन ।
गैर सरकारी संस्था महासंघ नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई शुक्रबार एक समारोहबिच शपथ ग्रहण तथा पदस्थापन गराइएको छ ।
शुक्रबार राजविराजमा आयोजित सपथग्रहण तथा पदस्थापना समारोहमा नव कार्य समितिका पदाधिकारीहरुलाई गैसस महासंघका पूर्व केन्द्रिय सदस्य ध्रुव देवले सपथग्रहण तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सो कार्यक्रममा वक्ताहरुले गैरसरकारी संस्थाहरुले नाफाखोरी भावना त्यागेर सामाजिक क्षेत्रको कार्यतर्फ बढी ध्यान दिनुपर्ने सुझावहरु दिएका छन् । सप्तरीमा करिब ६ सयको हाराहरीमा गैरसरकारी संसथाहरु रहेकोले सबैलाई समेटेर एउटै छातामूनी ल्याई आवश्वक सुझाव सल्लाह दिनपर्नेमा जोड दिएका छन् ।
अधिबक्ता एवं निर्वाचन प्रमुख अजय कुमार चौधरीको अध्यक्षता तथा गैसस महासंघ नेपालका पुर्व केन्द्रिय सदस्य धु्रव देवको प्रमुख आतिथ्यमा आयोजित सो पदस्थापन समारोहमा स्थानिय विकास अधिकारी कोमल प्रसाद धमला, वल्र्ड फुडका दिपेन्द्र भट्ट, गैसस महासंघ नेपालका पुर्व अध्यक्षहरु ई. इन्द्र नारायण देव, दिलिप कुमार चौधरी, बैजनाथ झा, गैससका क्षेत्रिय पूर्व सचिव दिनेश कुमार यादव, आरआरएनकी अम्विका यादव, प्रेस काउन्सिलका सदस्य मूरली प्रसाद यादव, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रवण कुमार देव लगायतकाहरुले नव कार्य समितिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा गैसस महासंघका संस्थापक अध्यक्ष ई.इन्द्र नारायण देव, दिलिप कुमार चौधरी, बैजनाथ झा सहितलाई दोसल्लाह सहित सम्मान समेत गरिएको छ ।
गत असार ४ गते सम्पन्न गैसस महासंघ सप्तरीको ७ औं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा शम्भुनन्दन चौधरी, उपाध्यक्षमा किशोर कुमार यादव केसी, सचिवमा आभासेतु सिंह, सहसचिवमा बलदेव मण्डल र कोषाध्यक्षमा इन्द्र प्रसाद राम सहमतिय प्रक्रियाबाट बहुमतिको आधारमा विजयी हुनुभएको थियो ।
त्यस्तै सदस्यहरुमा क्रमश ज्योति कुमारी देव, मधुसुदन अधिकारी, दिपक कुमार झा, सिताराम लाल देव, भोज कुमारी पोखरेल, सरोज कुमार चौधरी, रामेश्वर कौडिया यादव र श्यामकान्त चौधरीलाई चयन हुनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ