News Category 2072/04/09
गैसस महासंघका नव पदाधिकारीहरुको पदस्थापना
दैनिक संवाददाता
राजविराज, ८ साउन ।
गैर सरकारी संस्था महासंघ नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई शुक्रबार एक समारोहबिच शपथ ग्रहण तथा पदस्थापन गराइएको छ ।
शुक्रबार राजविराजमा आयोजित सपथग्रहण तथा पदस्थापना समारोहमा नव कार्य समितिका पदाधिकारीहरुलाई गैसस महासंघका पूर्व केन्द्रिय सदस्य ध्रुव देवले सपथग्रहण तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सो कार्यक्रममा वक्ताहरुले गैरसरकारी संस्थाहरुले नाफाखोरी भावना त्यागेर सामाजिक क्षेत्रको कार्यतर्फ बढी ध्यान दिनुपर्ने सुझावहरु दिएका छन् । सप्तरीमा करिब ६ सयको हाराहरीमा गैरसरकारी संसथाहरु रहेकोले सबैलाई समेटेर एउटै छातामूनी ल्याई आवश्वक सुझाव सल्लाह दिनपर्नेमा जोड दिएका छन् ।
अधिबक्ता एवं निर्वाचन प्रमुख अजय कुमार चौधरीको अध्यक्षता तथा गैसस महासंघ नेपालका पुर्व केन्द्रिय सदस्य धु्रव देवको प्रमुख आतिथ्यमा आयोजित सो पदस्थापन समारोहमा स्थानिय विकास अधिकारी कोमल प्रसाद धमला, वल्र्ड फुडका दिपेन्द्र भट्ट, गैसस महासंघ नेपालका पुर्व अध्यक्षहरु ई. इन्द्र नारायण देव, दिलिप कुमार चौधरी, बैजनाथ झा, गैससका क्षेत्रिय पूर्व सचिव दिनेश कुमार यादव, आरआरएनकी अम्विका यादव, प्रेस काउन्सिलका सदस्य मूरली प्रसाद यादव, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रवण कुमार देव लगायतकाहरुले नव कार्य समितिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा गैसस महासंघका संस्थापक अध्यक्ष ई.इन्द्र नारायण देव, दिलिप कुमार चौधरी, बैजनाथ झा सहितलाई दोसल्लाह सहित सम्मान समेत गरिएको छ ।
गत असार ४ गते सम्पन्न गैसस महासंघ सप्तरीको ७ औं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा शम्भुनन्दन चौधरी, उपाध्यक्षमा किशोर कुमार यादव केसी, सचिवमा आभासेतु सिंह, सहसचिवमा बलदेव मण्डल र कोषाध्यक्षमा इन्द्र प्रसाद राम सहमतिय प्रक्रियाबाट बहुमतिको आधारमा विजयी हुनुभएको थियो ।
त्यस्तै सदस्यहरुमा क्रमश ज्योति कुमारी देव, मधुसुदन अधिकारी, दिपक कुमार झा, सिताराम लाल देव, भोज कुमारी पोखरेल, सरोज कुमार चौधरी, रामेश्वर कौडिया यादव र श्यामकान्त चौधरीलाई चयन हुनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ