News Category 2072/04/11
सप्तरीबाट १ हजार ५ सय ९२ लिखित सुझावहरु बुझाइयो
दैनिक संवाददाता
राजविराज, १० साउन ।
संविधान २०७२ का लागि प्रस्तावित मस्यौदामा साउन ४ र ५ गते सप्तरी जिल्लाबाट संकलन गरिएका राय सुझावहरु जिल्लाका सभासद्हरुले शनिबार नागरिक सम्वद्र्धन तथा संविधान सुझाव समितिमा बुझाएका छन् ।
सप्तरीबाट ३ हजार ९ सय ६७ पुरुष र ७ सय महिला गरि जम्मा १ हजार ५ सय ९२ लिखित सुझावहरु संकलन गरि सो समितिमा बुझाएको सभासद् अशोक मण्डलले जानकारी दिनुभएको छ । बाँकी रहेका सुझावहरु मौखिक र अडियो भिडियो रहेको उहाँले बताउनुभयो ।
सुझावहरु बुझाएर सदरमुकाम फर्कनु भएका सभासद् मण्डलले दैनिकसँग कुराकानी गर्दै भन्नुभयो, “सप्तरी जिल्लाबाट सबैभन्दा बढी नामाकंन र सिमाकंनसहित संघीय संविधान जारि गर्न सुझाव आएको छ ।”
सोही क्रममा उहाँले नागरिकताको सवालमा आमा वा बुवाको नामबाट बंशज नागरिकता दिनुपर्ने, धर्म निरपेक्ष र धर्म स्वतन्त्रता हुनुपर्ने, जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलन प्रस्तावनामा उल्लेख हुनुपर्ने तथा कार्यकारी राष्ट्रपति निर्वाचित वा प्रधानमन्त्रि प्रत्यक्ष निर्वाचित कार्यकारिणी व्यवस्था हुनुपर्ने सुझावहरु आएको उहाँले जानकारी दिनुभयो ।
यस्तै प्रदेश सम्बन्धमा सप्तरीका जनताले ८ प्रदेश हुनुपर्ने सुझाव दिएको तर मधेश कति प्रदेश भन्ने कुरा गौण रहेको उहाँको कथन छ । सोही प्रसङ्गमा सभासद् मण्डलले भन्नुभयो, “मेरो व्यक्ति विचारमा मधेश दुई प्रदेश हुनुपर्छ ।”
सो सुझावहरु सहित सप्तरीका सभासद्हरु मण्डलसहित मानपुर चौधरी, जितेन्द्र नारायण देव, उमेश यादव, रन्जु ठाकुर, सकलदेव सुतिहार, रमणी देवी राम र तेजुलाल चौधरीले सामूहिक रुपमा नागरिक सम्वद्र्धन तथा संविधान सुझाव समितिका सभापति प्रमिला रानामगरलाई बुझाउनु भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ