News Category 2072/04/13
राजविराज भन्सारको राजश्व असुलीमा ४ प्रतिशतले कमी बोदेबसाईन नाकामा चोरी पैठारीमा बृद्धि
शुभ नारायण यादव
राजविराज, १२ साउन ।
राजविराज भन्सार कार्यालय तिलाठी बेल्हीको आर्थिक वर्ष २०७१÷०७२ मा राजस्व संकलनमा ४ प्रतिशतले कमी आएको छ ।
भन्सार कार्यालयले आव २०७०÷०७१ मा रु ६ करोड १५ लाख राजस्व असुली गरेकोमा आव २०७१÷०७२ मा रु. ५ करोड ९० लाख ३९ हजार २ सय ६६ रुपैयाँ राजस्व मात्र असुली गरेको छ ।
राजविराज भन्सार कार्यालयले भन्सार महशुल आयात ३ करोड ५१ लाख १८ हजार ८ सय ६१ रुपैयाँ, भन्सार महसुल निर्यात ४ हजार, कृषि सुधार शुल्क १७ लाख ८४ हजार ९ सय ३८ रुपैयाँ, निर्यात सेवा शुल्क १८ हजार ४ सय, भन्सार सेवा दस्तुर ८ लाख ५४ हजार ४ सय, भन्सार तर्फको जम्म ३ करोड ७७ लाख ८० हजार ९ सय ९९ रुपैयाँ, मुल्य अभिवृद्धि कर २ करोड ९ लाख ६३ हजार ९ सय ५० रुपैयाँ र अन्तशुल्क २ लाख ९५ हजर १ सय १७ रुपैयाँ गरी कुल ५ करोड ९० लाख ३९ हजार २ सय ६६ रुपैयाँ राजस्व असुली गरेको छ ।
राजविराज भन्सार कार्यालयले ७ करोड ८ लाख २९ हजार राजस्व असुली गर्ने लक्ष्य रहेको तथा लक्ष्य भन्दा झण्डै ४ प्रतिशत राजस्व असुलीमा कमि आएको कार्यालय प्रमुख मनिष कुमार महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वर्ष यस भन्सार कार्यालयले ९५.९३ प्रतिशत राजस्व असुली गर्न सफल भएको थियो ।
भन्सार नाका हुँदै बालुवा, गिट्टी र ढुङ्गा निकासी नभएको, जिल्लास्थित छोटी भन्सार कार्यालयहरू अझै सञ्चालनमा नआएको तथा राजविराज–कुनौली सडकखण्डको बाटो जिर्ण भएको तथा दाल, चामल, अल्भेस्टर लगायत सामग्रीहरु आयात नहुँदा र चोरी पैठारी बढेका कारणले राजस्व असुलीमा निकै कमि आएको प्रमुख महतोले बताउँनुभयो ।
उहाँका अनुसार खासगरी चोरी पैठारी नियन्त्रण भएपछि तथा बर्षौदेखि जिर्ण रहेको ४ किलोमिटर राजविराज कुनौली सडक खण्ड निर्माण भएपछि मात्र लक्ष्य अनुरुप राजस्व असुली गर्न सकिने विश्वास ब्यक्त गर्नुभयो ।
साथै जिल्लाको बोदेबसाईन नाँकामा अहिले व्यापक मात्रामा चोरी पैठारी भईरहेको बताउँदै प्रमुख महतोले त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रहरी प्रशासन बेखबर रहेको आरोप समेत लगाउँनुहुँदै जसका कारण पनि राजविराज भन्सार कार्यालयले आफनो लक्ष्य अनुरुप राजस्व असुली गर्न नसकेको आरोप समेत लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ