News Category 2072/04/15
सप्तरीलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक संवाददाता
राजविराज, १४ साउन ।
सप्तरी जिल्लालाई तत्काल सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै नेपाल सद्भावना पार्टीले प्रधानमन्त्री समक्ष बिहिबार ज्ञापन पत्र पठाएको छ ।
पार्टी कार्यालयबाट किसानहरुको हलो सहितको ¥याली निकाली नगरको विभिन्न भागको परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन ।
किसानहरुले लगाएको धानखेति पानी नपरेकाले डढ्न थालेपछि उनीहरुका लागि राहत स्वरुप उचित क्षतिपुर्ति दिनुपर्ने, तत्काल वैकल्पिक खेतिका लागि वैकल्पिक सिंचाई अर्थात स्यालो ट्युबेल र डिजेल ईन्जिन सेट वा विद्युत मोटरको व्यवस्था गर्नुपर्ने, कोशी पम्प नहरको बेड लेभल खेतको सतहभन्दा तल भएका कारण सिंचाई नहुने गरेका कारण सम्बन्धित प्राविधिक समुहबाट जाँच गराई सिंचाई हुने व्यवस्था गर्नुपर्ने, किसानहरुले लिएका कृषि ऋण मिनाहा गर्नुपर्ने खडेरी पीडित किसानहरुलाई र्निब्याजी कृषि ऋण उपलब्ध गराउँनुपर्ने तथा सरल एवं सुलभ रुपमा मलखाद्य उपलब्ध गराउँनुपर्ने लगायतका मागहरु बुझाईएको ज्ञापन पत्रमा उल्लेख छ ।
समयमा बर्षा नहुँदा तथा सिंचाईको उचित व्यवस्था हुन नसकेका कारण सप्तरीमा हाल सम्म करिब २९ प्रतिशत मात्र धान रोपाई भएको छ भने अझै ६९ प्रतिशत खेत बाँझै रहेका कारण यहाँका किसानहरु चिन्तित बनेका छन । रोपिएका धानहरु पनि अहिले पानीको अभावमा बेर्ना डढ्दै गरेका कारण जिल्लाका हजारौ किसानहरु चिन्तित बन्नुका साथै आक्रोशित समेत भएका छन ।
नेपाल किसान मंचका केन्द्रिय अध्यक्ष जागेश्वर रायको नेतृत्वमा निकालिएको हलो सहितको किसानहरुको ¥यालीमा नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुबि यादव, अमरनाथ मण्डल, मनोज झा सहितकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ