News Category 2072/04/15
सप्तरीलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक संवाददाता
राजविराज, १४ साउन ।
सप्तरी जिल्लालाई तत्काल सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै नेपाल सद्भावना पार्टीले प्रधानमन्त्री समक्ष बिहिबार ज्ञापन पत्र पठाएको छ ।
पार्टी कार्यालयबाट किसानहरुको हलो सहितको ¥याली निकाली नगरको विभिन्न भागको परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन ।
किसानहरुले लगाएको धानखेति पानी नपरेकाले डढ्न थालेपछि उनीहरुका लागि राहत स्वरुप उचित क्षतिपुर्ति दिनुपर्ने, तत्काल वैकल्पिक खेतिका लागि वैकल्पिक सिंचाई अर्थात स्यालो ट्युबेल र डिजेल ईन्जिन सेट वा विद्युत मोटरको व्यवस्था गर्नुपर्ने, कोशी पम्प नहरको बेड लेभल खेतको सतहभन्दा तल भएका कारण सिंचाई नहुने गरेका कारण सम्बन्धित प्राविधिक समुहबाट जाँच गराई सिंचाई हुने व्यवस्था गर्नुपर्ने, किसानहरुले लिएका कृषि ऋण मिनाहा गर्नुपर्ने खडेरी पीडित किसानहरुलाई र्निब्याजी कृषि ऋण उपलब्ध गराउँनुपर्ने तथा सरल एवं सुलभ रुपमा मलखाद्य उपलब्ध गराउँनुपर्ने लगायतका मागहरु बुझाईएको ज्ञापन पत्रमा उल्लेख छ ।
समयमा बर्षा नहुँदा तथा सिंचाईको उचित व्यवस्था हुन नसकेका कारण सप्तरीमा हाल सम्म करिब २९ प्रतिशत मात्र धान रोपाई भएको छ भने अझै ६९ प्रतिशत खेत बाँझै रहेका कारण यहाँका किसानहरु चिन्तित बनेका छन । रोपिएका धानहरु पनि अहिले पानीको अभावमा बेर्ना डढ्दै गरेका कारण जिल्लाका हजारौ किसानहरु चिन्तित बन्नुका साथै आक्रोशित समेत भएका छन ।
नेपाल किसान मंचका केन्द्रिय अध्यक्ष जागेश्वर रायको नेतृत्वमा निकालिएको हलो सहितको किसानहरुको ¥यालीमा नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुबि यादव, अमरनाथ मण्डल, मनोज झा सहितकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
- 2082/06/25 सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ