News Category 2072/04/16
मधेशीको हक अधिकारको पक्षमा संघर्ष गर्नका लागि मोर्चा गठन
दैनिक संवाददाता
राजविराज, १५ साउन ।
सप्तरीको विकास निर्माणको प्रक्रियालाई गतिशिल तथा पारदर्शी बनाउन एवं मधेश र मधेशीको हक अधिकारको पक्षमा संघर्षरत रहने प्रतिबद्धताका साथ शुक्रबार मधेशी मोर्चा सप्तरी गठन भएको छ ।
शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा गठित मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवले राज्यबाट जुनसुकै परिस्थितिमा मधेशको हकअधिकार अपहरण गर्ने सोचको बिरोध गर्ने जानकारी दिनुभयो ।
उहाँले गठन भएको मोर्चाले राज्यबाट प्रताडित, पछाडी पारिएका मधेशी, दलित, मुस्लिम, आदिवासी, जनजातीहरुको संघ संस्थासँग सहकार्य र समन्वय गरि अगाडी बढाउने कार्य गर्ने उल्लेख गर्नुभयो । सप्तरी लगायत अन्य जिल्लाहरुमा मधेश र मधेशवादको हकहित तथा संरक्षणको लागि संगठित गरि र मधेशको पक्ष कार्यरत अन्य संघसंस्था, राजनीतिक दल, व्यक्तिहरुलाई संगठित गरि आन्दोलन गर्ने र जनपरिचालन गरि संर्घष गर्ने उहाँले बताउनुभयो ।
सोही पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मार्चासँग फोरम नेपालसँगै, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी नेपाल, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, सद्भावना पार्टी गजेन्द्रवादी, नेकपा (माओवादी) र संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति गरि ९ वटा पार्टी तथा भातृसंगठनहरु रहेका छन् ।
यसैगरि सोही पत्रकार सम्मेलनमा मोर्चाले साउन १७ गतेदेखी २३ गतेसम्म पहिलो चरणको कार्यक्रमहरु सार्वजनिक समेत गरेको छ । जस अन्तरगत १७ गते गोरगामा स्कुल, १८ गते पत्थरगाढा स्कुल, १९ गते भारदहस्थित विपी मावि, २० गते खरचुहिया हटिया, २१ गते बोेदेबर्साइन मावि तथा २३ गते कंचनपुरस्थित अन्नपूर्ण क्याम्पसमा अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ ।
यस्तै मोर्चाले गजेन्द्रकुमार मण्डलको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा केदार प्रसाद यादव, बिरेन्द्र प्रसाद साह, कपिलदेव यादव, धर्मेन्द्र चौधरी, हरेराम यादव रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ