News Category 2072/04/17
सप्तरी क्रिकेट संघको अध्यक्षमा पुनः चौधरी चयन
राजविराज÷सप्तरी क्रिकेट संघको अध्यक्षमा पुनः शैलेशकुमार चौधरी सर्वसम्मतले चयन हुनुभएको छ ।
बभनगामाकट्टी गाविसको तोपास्थित जनता माविमा शनिबार आयोजित दोस्रो साधारण सभाले आगामी चार बर्षका लागि पुनः चौधरीको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
सो समितिको सदस्यहरुमा सचेन्द्र यादव, आयुष श्रेष्ठ, राजेश झा, धर्मेन्द्र चौधरी, राधेश्याम यादव, चन्दन यादव, तुलानाथ माझी, संजय कार्की, इर्शाद अन्सारी, निरज सिंह र रंजीत चौधरीलाई सर्वसम्मतले चयन गरेको छ । अध्यक्षसहितको १२ जनाको नवगठित कार्यसमितिले उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा चयन गर्ने छ ।
यसअघि सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै सभासद अशोककुमार मण्डलले आफूले सप्तरीमा क्रिकेट खेलको विकासकालागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बर्षभरि उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडि अनिल यादवलाई उदियमान खेलाडिको पुरस्कार प्रदान गरियो । क्रिकेट खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने २१ बर्षमुनीका एक जना खेलाडिलाई प्रत्येक बर्ष उक्त पुरस्कार प्रदान गरिने संघका सचिव आयुष श्रेष्ठले बताउनुभयो । यादवलाई क्रिकेट ब्याट र सम्मान पत्र प्रदान गरिएको छ ।
सप्तरी क्रिकेट संघका अध्यक्ष शैलेशकुमार चौधरीको अध्यक्षतामा सम्पन्न दोस्रो साधारण सभामा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य नरेश श्रेष्ठ, क्षेत्रीय कोषाध्यक्ष सुरेशलाल श्रेष्ठ, उदयपुर शाखाका अध्यक्ष शम्भुप्रसाद शर्मा, सुनसरी शाखाका सचिव पेशल लम्साल, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङ्ग, जिल्ला खेलकुद विकास समिति सप्तरीका प्रमुख लक्ष्मण मण्डल, सप्तरी क्रिकेट संघका संस्थापक सचिव इन्द्रनारायण देव, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अवधेशकुमार झा, पूर्व अन्तर्राष्ट्रिय खेलाडि दिपेन्द्र चौधरी, प्याब्सन सप्तरीका अध्यक्ष पञ्चदेव यादव, गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, तोपा माविका प्रधानाध्यापक रमेश झा, पविमावि ब्यवस्थापन समितिका अध्यक्ष प्रयाग यादवसहितकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ