News Category 2072/04/18
सामानसहित एक पक्राउ
दैनिक संवाददाता
राजविराज, १७ साउन ।
लाखौको अवैध समान सहित सप्तरी प्रहरीले एक जना तस्करलाई पक्राउ गरेको छ ।
शान्ति सुरक्षाको अवस्था बुझ्नका लागी सादा पोशाकमा खटीएको प्रहरी टोलीले गस्ति गदै जाने क्रममा सप्तरीको भारदह गाविस वाड नं. १ स्थितमा अवैध समान सहित एक तस्करलाई पक्राउ गरेको जनाएको छ ।
भारतको विरपुर लगायतका बजारबाट कोशी व्यारेज पुल हुदै अवैध रुपमा बिभिन्न किराना सामानहरु साईकलमा लोड गरी चोरी पैठारी गरीरहेको अवस्थामा प्रहरीको गस्ती टोलीले एक जनालाई पक्राउ गरेको हो ।
भारदह गाविस वडा नं. १ मा बोरामा सामानहरु ल्याईरहेको अवस्थामा चेकजाँच गर्न खोज्दा ३ जना मानिसहरु साईकल छाडी उत्तर कोशी डुवान तर्फ भागीरहेको अवस्थामा भारदह १ का राहुल कुमार गुप्तालाई सामान र साईकल सहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
चार थान साईकलसहित गुप्ताको साथबाट चिनी, चुना दाल, मुसुरी दाल, जिरा, प्लाष्टिक गिलास, सलाई, नवरत्न तेल, पायल छाप सुर्ति, महक भुजिया, चकलेट, डिमलाईट विस्कुट, विलेट सहित गरी करिब एक लाख भन्दा बढी समानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ गरेको गुप्तालाई हाल आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ