News Category 2072/04/19
विपद्को पूर्व अभ्यासमा जुटे सुरक्षाकर्मी
दैनिक संवाददाता
राजविराज, १८ साउन ।
सशस्त्र, जनपद, नेपाली सेना लगायतका सुरक्षा निकाय विपद्को तयारी अवस्थामा रहेको तथा अचानक बचाउँ बचाउँ भनेर आवाज आयो त्यतिकैमा सुरक्षाकर्मीहरु बचाउनका लागि दौडिन्छ ......।
यो दृश्य सोमबार सप्तरीको बालुवास्थित कोशी पलारमा आयोजित बाढी पुर्व कृत्रिम घटनाको अभ्यासमा देखिएको हो ।
बाढी पहिरो आउँदा त्यसबाट कसरी बचाउँने र कसरी उद्धार गर्ने बारेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले गर्नुपर्ने सहयोग तथा उद्धारको बारेमा मनोरंजनात्मक नाटक प्रस्तुत गरिएको थियो ।
सो नाटकमा आवश्यक श्रोत साधनको अभावमा बाढी पहिरोको पुर्व तयारीमा समस्या भईरहेको देखिएको थियो । सो नाटकको दृश्य हेरेर सयौ सर्वसाधारणहरु आश्चर्य चकित बनेका थिए ।
अक्सफाम नेपाल, कोशी पीडित समाज सप्तरीको सहयोग तथा जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आयोजना सोमबार आयोजित सो अभ्यासमा कोशी नदीमा आएको बाढीबाट डुबान भएका ब्यक्तिहरुको लागि कसरी जोगाउँने तथा त्यसका लागि आवश्यक पुर्व तयारीको बारेमा जनचेतनामुलक कार्यक्रम प्रस्तुत गरिएके थियो ।
जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवको अध्यक्षतामा आयोजित सो अभ्यास कार्यक्रममा श्री कृष्ण दल गणका कर्नेल भुवनेश्वर आचार्य, जिल्ला प्रहरी कार्यालयका एसपी शिशिर कुमार कर्माचार्य, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका एसपी ह्दय नारायण मण्डल, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय कुमार झा, जिल्ला विकास समितिका कमलेश्वर बिराजी, जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्राई, जिल्ला कृषि विकास कार्यालयका रोषण कुमार मेहता, महिला तथा बालबालिका कार्यालयकी सुशिला चौधरी, कोशी पीडित समाजका देब नारायण यादव, भिमसेन चौधरी, प्रकोप व्यवस्थापन समिति हनुमाननगरका शान्ति क्षेत्रि, गोबरगाढाकी राधा देवी यादव सहितका बक्ताहरुले बाढी प्रकोपको पुर्व तयारीको बारेमा आ–आप्mनो सुझाव दिनु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ