News Category 2072/04/20
दलित अधिकारको माग गर्दै ज्ञापनपत्र
दैनिक संवाददाता
राजविराज, १९ साउन ।
सप्तरीका दलित अगुवाहरुले सविधानमा दलितको अधिकार सुनिश्चितताको माग गर्दै मंगलबार राजविराजमा प्रदर्शनसहित संविधानसभा अन्तर्गतको राजनीतिक सम्बाद तथा सहमति समितिका सभापतिलाई ज्ञापनपत्र पठाएको छ ।
राजविराजस्थित शिव मन्दिर प्राङ्गण अगाडीबाट संयुक्त दलित अधिकार मोर्चाको अगुवाईमा निष्केको बिभिन्न दल निकट दलित संघ संगठनका पदाधिकारी तथा दलित समुदायको एक जुलुशले नगरपरिक्रम पश्चात प्रमुख जिल्ला अधिकारीमार्फत राजनीतिक सम्बाद तथा सहमति समितिका सभापतिलाई ज्ञापनपत्र पठाएका हुन् ।
राजनीतिक दल निकट दलित संघसगठन र संघ संस्थाहरुले सामुहिक रुपमा पठाईएको ज्ञापनपत्रमा पहिलो संविधानसभाको पूर्ण सदनले सर्वसम्मतीबाट पारित गरेको र दोश्रो संविधानसभाले सर्वसम्मतिले स्वामित्व ग्रहण गरेका दलित समुदायसम्बन्धी सबै हक अधिकारहरु जस्ताको तस्तै कायम रहने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।
संविधानको प्रस्तावनामा सदियौंदेखि दलित समुदायमाथि हुँदै आएको जातीय छुवाछूत तथा विभेदको आत्मालोचना सहित पश्चाताप गर्दै भन्ने वाक्यांश थप गर्नुपर्ने, संघीय व्यवस्थापिका (प्रतिनिधि सभा र राष्ट्रिय सभा), प्रदेश व्यवस्थापिका र स्थानीय तहका सबै राजनीतिक संरचनामा जनसंख्याको आधारमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरी क्षतिपुर्ति स्वरुप संघीय प्रदेशमा ३ प्रतिशत स्थानीय निकायमा दश प्रतिशत थप प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने, राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट निम्नतम एक जना र मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले सिफारिस गर्ने पाँच जनामा कम्तीमा एक जना दलित पर्ने गरी व्यवस्था गर्नुपर्ने लगायतका माग ज्ञापनपत्रमा गरिएको छ ।
ज्ञापनपत्र बुझाएपछि शिबमन्दिर प्राङ्गणमै आयोजित कोणसभामा संयुक्त दलित अधिकार मोर्चाका संयोजक प्रथमलाल राम, एमाओवादीका नेता छेदी रजक बिमल, नेपाल दलित संघ सप्तरीका अध्यक्ष भुबनेश्वर रजक, उत्पीडित जातीय मुक्ति मोर्चाका डिक बहादुर विक, आम मुलनिवासी मुक्ति मोर्चाका जगजीवन राम, दलित महिला गुलाबदेवी राम लगायतले संबिधानमा दलितको अधिकार सुनिश्चितताका लागि आन्दोलन जारी राख्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ