News Category 2072/04/22
दुई हजार भन्दा बढी पशु चौपायाहरुलाई भ्याक्सिनेसन
दैनिक संवाददाता
राजविराज, २१ साउन ।
प्रकोप पूर्व तयारी हामी सबैको जिम्मेवारी भन्ने मुल नाराका साथ सप्तरीको सकरपुरा गाविसमा पशु भ्याक्सिनेसन कार्यक्रमको आयोजना गरेको छ ।
अक्सफाँम नेपाल र कोशी पीडित समाजको सहयोग तथा कृष्ण कृषि सहकारी संस्था लि. सकरपुराको आयोजनामा बिहिबारदेखि शुरु सो भ्याक्सिनेसन कार्यक्रममा त्यहाँका १ देखि ९ वटै वडाका झण्डै २ हजार भन्दा बढी पशु चौपायाहरुलाई सो भ्याक्सिन लगाईने आयोजक संस्थाले जनाएको छ ।
बर्षायाममा पशु चौपायाहरुका लाग्ने विभिन्न महामारीबाट बच्नका लागि पूर्व तयारीका लागि सो भ्याक्सिनेसन कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाका शिवनाथ यादवले जानकारी दिनुभयो । सकरपुरा गाविसका प्रत्येकको घर घरमा स्वास्थ्यकर्मीहरुको टोली पुगेर सो भ्याक्सिन लगाएको एलजिसिडिपीका सामाजिक परिचालक सुचिता कुमारी यादवले जानकारी दिनुभयो ।
संस्थाकी अध्यक्ष सुनिता देवी यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पशु सेवा केन्द्र कोईलाडी ख का प्रमुख मृगेन्द्र प्रसाद सिंह, भ्याक्सिनेटरद्धय प्रमोद कुमार साह, असर्फी ठाकुर, पत्रकार शुभ नारायण यादव, बिरेन्द्र कुमार मण्डल सहितकाहरुले उपस्थितिमा त्यहाँका पशु चौपायहरुलाई भ्याक्सिन लगाइएको आयोजक संस्थाले जनाएको छ ।
सो पशु भ्याक्सिनेसन कार्यक्रमको पहिलो दिनमा करिब ६ सय पशु चौपायाहरु भैसी,े स् पारा, पारी, गाई, गोरु, बाछा, बाछी सहितलाई सो सुई लगाईएको संस्थाकी अध्यक्ष यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ