News Category 2072/04/22
मधेशको हितमा संविधान नआए कडा आन्दोलन गर्ने चेतावनी
दैनिक संवाददाता
राजविराज, २१ साउन ।
मधेशको हितमा संविधान नआए सो संविधानको विरुद्धमा कडा आन्दोलन गर्ने चेतावनी एक कार्यक्रमका सहभागिहरुले दिनुभएको छ ।
स्वायत्त मधेश प्रदेश, सिमाङकन, नामाङकन, शासन प्रशासन, बंशज नागरिकता, बिधायक मस्यौदा विरुद्ध एक हो भन्ने मुल नाराका साथ मधेशी मोर्चा सप्तरीसँग आवद्ध मधेशी मोर्चा क्षेत्रिय आन्दोलन परिचालन समिति क्षेत्र न. ३ को आयोजनामा बिहिबार बरही बिरपुरको महाविर चौकमा आयोजित बिरोध सभामा सहभागि बक्ताहरुले यस्तो चेतावनी दिनुभएको हो ।
सो सभामा सहभागिहरुले मधेश आन्दोलनका पहिचान कायम हुनुपर्नेमा जोड दिदै संघियता सहित सिमाङकन, नामाङकन र मधेशको अधिकार सुनिश्चितता सहितको संविधान नआए मुलुकमा पुन मधेश आन्दोलन हुने बताउँनुभयो ।
मोर्चाका क्षेत्र न. ३ का क्षेत्रिय संयोजक लक्ष्मण यादवको अध्यक्षता तथा संघिय समाजवादीका केन्द्रिय सदस्य चित नारायण यादवको प्रमुख आतिथ्यमा आयोजित सो बिरोध सभामा विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसी, स्ववियु उपसभापति तारकेश्वर यादव, संघिय समाजवादी फोरम नेपालका महेश यादव ,तमलोपाका क्षेत्रिय अध्यक्ष महेन्द्र मण्डल, किसान संघका बैजनाथ यादव, तमलोपाका जिल्ला सचिव वौवा लाल शर्मा, तमलोपाका क्षेत्रिय अध्यक्ष रविन्द्र मण्डल, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका क्षेत्रिय अध्यक्ष गोपीकृष्ण यादव, भुपु गाविस सचिव रामदेव यादव, संघिय फोरमका महेन्द्र नारायण यादव लगायतका बक्ताहरुले मधेशको अधिकारका लागि सम्पुर्ण मधेशी जनताहरु सडकमा आउँनुपर्ने आवश्यकता रहेको भन्दै मधेशीहरुलाई आ–आप्mनो स्थानबाट आन्दोलनमा सरिक हुन आग्रह समेत गर्नुभयो ।
यसैबिच सप्तरीको बरही बिरपुर गाविसमा गुलटेन यादवको संयोजकत्वमा २३ सदस्यीय गाविस स्तरीय आन्दोलन परिचालन समिति समेत गठन गरिएको छ ।
गठित समितिको सदस्यहरुमा क्रमश मोति लाल साह, सुवन लाल यादव, सत्य नारायण मण्डल, कुशेश्वर शर्मा, हरि नारायण यादव, किसुनदेव राय, उपेन्द्र मण्डल, नागेश्वर साह, रामदेव यादव, महेन्द्र यादव, मनोज यादव, संजय यादव, लखिचन साह, शत्रुधन यादव, भुपेन्द्र यादव, श्याम सुन्दर रजक लगायतकाहरु रहेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ