News Category 2072/04/23
मधेशको अधिकार सहितको संविधान आउनुपर्नेमा जोड
दैनिक संवाददाता
राजविराज, २२ साउन ।
संघियता सहित सिमाङकन, नामाङकन र मधेशको अधिकार सुनिश्चितता सहितको संविधान नआए मुलुकमा पुनः मधेश आन्दोलन हुने एक कार्यक्रमका सहभागिहरुले चेतावनी दिएका छन् ।
मधेशी मोर्चा सप्तरीसँग आवद्ध मधेशी मोर्चा क्षेत्रिय आन्दोलन परिचालन समिति क्षेत्र न. ३ को आयोजनामा शुक्रबार सप्तरीको तोपामा आयोजित बिरोध सभामा सहभागि बक्ताहरुले सो चेतावनी दिएका हुन् ।
कार्यक्रममा सहभागिहरुले मधेशको हितमा संविधान नआए सो संविधानको विरुद्धमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
मोर्चाका क्षेत्र न. ३ का क्षेत्रिय संयोजक लक्ष्मण यादवको अध्यक्षता तथा सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनको प्रमुख आतिथ्यमा एवं सद्भावना पार्टीका केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश यादव, संघिय समाजवादीका केन्द्रिय सदस्य चित नारायण यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसी, केन्द्रिय पार्षद शुभचन्द्र झा, स्ववियु उपसभापति तारकेश्वर यादव, संघिय समाजवादी फोरम नेपालका क्षेत्रिय अध्यक्ष महेश यादव, तमलोपाका क्षेत्रिय अध्यक्ष महेन्द्र मण्डल, किसान संघका बैजनाथ यादव, तमलोपाका जिल्ला सचिव वौवा लाल शर्मा, तमलोपाका क्षेत्रिय अध्यक्ष रविन्द्र मण्डल, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका क्षेत्रिय अध्यक्ष गोपीकृष्ण यादव, नेकपा माओवादीका दिपेश यादव, तमलोपाका जिल्ला सहसचिव वौवा लाल खंग, आन्दोलन परिचालन समितिका क्षेत्रिय सदस्य बिरेन्द्र गुप्ता, विद्यालय व्यवस्थापन समिति गोरागामा अध्यक्ष ललन कुमार राय, रामधन राय, राष्ट्रिय मधेश अभियानका पव्रक्ता बलराम यादव, तमलोपाका क्षेत्रिय अध्यक्ष महेन्द्र खंग लगायतका बक्ताहरुले मधेशको अधिकारका लागि सम्पुर्ण मधेशी जनताहरु सडकमा आउँनुपर्ने आवश्यकता रहेको भन्दै मधेशीहरुलाई आ–आप्mनो स्थानबाट आन्दोलनमा सरिक हुन आग्रह समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ