News Category 2072/04/24

भारदहमा आरक्षको क्षेत्र बिस्तार बिरुद्ध प्रदर्शन

दैनिक समाचारदाता

राजविराज÷कोशी टप्पु वन्यजन्तु आरक्षको क्षेत्र बिस्तार बिरुद्ध संघर्ष समितिको अगुवाईमा आरक्षको बिस्तार गर्ने प्रस्तावित योजना खारेजको माग गर्दै शनिबार सप्तरीको भारदहमा बिरोध प्रदर्शन गरेको छ । 
कंकालिनी मन्दिरको प्राङ्गणबाट निकालिएको बिरोध जुलुस प्रदर्शन भारदह बजारको परिक्रमा पश्चात् भारदह चौकमा बिरोध सभामा परिणत भएको थियो ।
संघर्ष समितिका अध्यक्ष शम्भु झाको अध्यक्षतामा  आयोजित सो सभामा बिरेन्द्र माझी, लक्ष्मण मण्डल, परशुराम यादव, भागवत यादव, बिदुर राम, रोजित शेख लगायतका बक्ताहरुले कोशी टप्पु आरक्षबाट जनतालाई कुनै सुविधा नपुग्ने भएपछि आरक्षको बर्तमान पश्चिम तथा दक्षिणी सिमानालाई सप्तरी जिल्लामा बिस्तार हुन नदिने चेतावनी दिनुभयो । 
सभालाई सम्बोधन गर्दै बक्ताहरुले आरक्ष क्षेत्र बिस्तारको नाममा सो जग्गा हडपेर यस क्षेत्रका हजारौं परिवारलाई बिचल्ली पार्ने षडयन्त्रमा आरक्षका केहि कर्मचारीको बहकावमा परि माननीय वन मन्त्रालय लागिपरेको भन्दै कोशी टप्पु पीडितहरु आन्दोलनमा ओर्लेको बताउँनुभयो ।
आरक्ष क्षेत्र बिस्तारकालागि प्रस्ताबित भूभाग मध्ये करिव २ हजार बिगहा जग्गामा हाल ब्यवसायीक रुपमै केरा खेती हूुदै आएको तथा आरक्ष क्षेत्र बिस्तार भएमा केरा खेती नास हुनुका साथै यसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ५० हजार भन्दा बढी जनता बेरोजगार हुने छन ।
साथै आरक्ष स्थापना कालमै भुमिहिन सुकुम्बासी भएका भारदह, बैरवा, लगायतका हजारौं परिवारलाई आरक्षले हालसम्म कुनै लाभ नदिलाएको बरु कोशी नदीमा पानीको सतह घटेर डुबान क्षेत्र उकास भएपछि त्यहि खेतीपाती गरि जिविका चलाउन थालेको अध्यक्ष शम्भु झाको कथन छ । 
आरक्षलाई दुर्लभ अर्नाको संरक्षित क्षेत्र भनिएपनि पञ्चायती कालमा राजा तथा राजपरिवारले जाडो छल्न र दुर्लभ जन्तुको शिकार खेल्न यो आरक्ष उपयोग हुूदै आएको हो । हाल केहि कर्मचारीलाई पाल्ने, सामान्य घटनामा पनि गरीव निमुखा जनतालाई तह लगाउन झुठा मुद्दा लगाउने, बिभिन्न बहानामा बिदेशसँग भिक्षाटन गर्ने साधनको रुपमा मात्र आरक्ष प्रयोग हुदै आएको उहाँले आरोप लगाउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट