News Category 2070/04/18
गुप्ताद्वारा सुरक्षाको माग गर्दै राष्ट्रसंघलाई पत्र
दैनिक संवाददाता
राजविराज, १७ साउन ।
तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले आफू असुरक्षित भएको भन्दै राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयलाई सुरक्षाका लागि पत्र लेख्नु भएको छ ।
राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त कार्यालयका नाभी पिन्लेलाई उक्त पत्र लेख्नु भएको हो ।
चुनाव भाड्ने षड्यन्त्रमा लागेको भन्दै सरकारले निगरानीमा राखेपछि गुप्ताले राज्यले आफूविरुद्ध षड्यन्त्र गरेको दाबी गर्दै पिन्लेलाई विहीबार पत्र पठाउनु भएको हो ।
‘सुरक्षा अधिकारीहरुसँगको छलफलपछि गृहमन्त्रीले मेरो नामै लिएर जेपी गुप्ता, वैद्य माओवादी लगायतले चुनाव बहिस्कार गर्ने निष्कर्ष निकाल्नु गम्भीर छ’ गुप्ताले भन्नुभयो–’मैले कहिल्यै चुनाब बहिस्कार गर्ने भनेको छैन ।’
सरकारका उच्च अधिकारी सम्मिलित बैठकले नै यस्तो निष्कर्ष निकालेकाले नेपाल सरकारसँग सुरक्षा माग्नुको औचित्य नभएको भन्दै उहाँले राष्ट्रिय मानवअधिकार आयोग पनि निरपेक्ष भएको आरोप लगाउनुभयो ।
पत्रमा गुप्ताले निगरानीमा राख्ने सरकारको कदमले आफ्नो स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने र सम्मानजनक जीवनयापन गर्ने मौलिक अधिकार खोसेको आरोप लगाउनु भएको छ । तीनवटै सुरक्षा निकायसहितका अधिकारीहरुको बैठकले गुप्ता, बैद्य माओवादी, पूर्व लडाकू र पूर्वराजावादीले चुनाव भाँड्ने षड्यन्त्र गरेको ठहर गर्दै निर्वाचन विरोधी र ध्वंसात्मक योजना पहिले नै निस्तेज पार्ने रणनीति बनाएको थियो ।
यस्तै संविधासभाको चुनाव नजिकिदै जाँदा विशेष सुरक्षा योजनाको नाममा सरकारले तराई मधेसमा हिंसात्मक दमन गर्न खोजेको भन्दै उहाँले राष्ट्रसंघले अनुगनम गर्नुपर्ने बताउनुभयो । राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको नेपाल कार्यालय हटेपछि मधेसमा मानवअधिकारको अवस्था कमजोर भएको भन्दै गुप्ताले पुनः कार्यालय स्थापना गर्न समेत माग गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ