News Category 2072/04/26
मधेशमुखी संविधान नआए आन्दोलनमा जाने झाको चेतावनी
दैनिक संवाददाता
राजविराज, २५ साउन ।
नेपाल सद्भावना पार्टीका केन्द्रिय अध्यक्ष अनिल कुमार झाले चार दलले ल्याएको संघियताको प्रारुप २५० वर्षदेखि मधेशमा व्यापक उत्पिडिन कै रुपमा रहेको भन्दै यस्तो संविधान जारी भए संविधान जलाईने र संविधान सभाले उक्त संविधान फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बताउँनुभयो ।
नेपाल सद्भावना पार्टी सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित भावी संविधानका प्रारुप तथा मधेशी सरोकार विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो कुरा बताउँनुभएको हो ।
उहाँले मधेशको नाम निसान मिटाई मधेशीलाई नेपाल बाहिर धपाउने षडयन्त्र भईरहेको भन्दै पहाडी शाषकहरु एकिकृत भई मधेशीलाई लुटछ भने मधेशीहरु एककिृत किन नहुने उल्लेख गर्नुभयो । उहाँले विगतमा मधेशवादी दल र नेताबाट भएको गल्तीलाई माफी दिई आन्दोलनमा जनतालाई उभिन आग्रह समेत गर्नुभयो ।
उहाँले मधेशमा पुन जंगल फडानी भईरहेको छ, सो लाई रोक्नुका साथै जंगल फडानीबाट निस्केको जग्गा स्थानीय भुमिहिनले पाउँनुपर्नेमा जोड दिनुभयो ।
एक अर्को प्रसङ्गमा अध्यक्ष झाले भारतीय यात्री चलि आउने गाडीबाट प्रहरी प्रशासन र भन्साराद्वारा पैसा ठग्ने काम भईरहेकोले भारतीय यात्रुको दरमा कमि आउनुका साथै राजस्व असुली समेत घटदै गएको बताउँनुभयो ।
त्यस्तै उहाँले डा. सिके राउतको सम्बन्धमा विगत २५ वर्षदेखी मधेशका लागि लड्दै आएका मधेशी नेताहरुलाई हिजो मधेशमा आएका सिके राउतले चोर र दिवालिया भन्नु कुन मधेशीतन्त्र र क्रान्तिकारीता हो भन्नेर प्रश्न समेत गर्नुभयो ।
उहाँले सर्वोच्च अदालतमा आप्mनो बयानको क्रममा स्वराजलाई स्वायतत्ता भनि बयान दिएको भन्दै झाले भन्नुभयो, “राउतको ठाउमा आफु भएको भए अदालतमा बयान नदिनुका साथै मैले त्यहाँ भन्थे यो नेपालको अदालत हो मेरो होईन म मधेशको अदालतमा जवाफ दिन्छु ।”
त्यसैगरी कार्यक्रममा नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य सुनिल कुमार रोहिताले आन्दोलन बाहेक अब केही विकल्प बाँकी नरहेको बताउँनुभयो । उहाँले झापादेखि पर्सासम्म र चितवनदेखि कंचनपुरगरी मधेशमा दुई प्रदेश बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्व.गजेन्द्र बाबुको सपना साकार पार्न संघर्ष अगाडी बढाएको स्पष्ट पार्नुभयो ।
यस्तै पार्टीका अर्का केन्द्रिय सदस्य राजिव झाले खोसिएको सप्तरी सेवा आश्रम पुनः छिन्नुपर्नेमा जोड दिदै गजेन्द्र नारायण सिंहको नाममा जनकपुरमा क्यान्सर अस्पताल निर्माण हुने तयारी भइरहेको जानकारी दिनुभयो ।
त्यस्तै मधेश राष्ट्रिय जनतान्त्रिक पार्टीका अनिल सिंहले शान्तिपुर्ण सडक आन्दोलनबाट मस्यौदा फाल्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी नेपाल शिक्षक मंच सुनसरीका अध्यक्ष राम नारायण यादवले मधेशलाई कमजोर र अधिकार बिहिन बनाउन दोश्रो संविधान सभाको नाटक मंचन गरीएको आरोप लगानुभयो ।
नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष शिबु यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा बरिष्ठ पत्रकार अनिल कुमार अनल, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र कुमार चौधरी, नेपाल पत्रकार महासंघका पुर्व सभापति विष्णु कुमार मण्डल, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, संघिय समाजवादी फोरम नेपालका युवा नेता नवनित झा, नेसपाका जिल्ला उपाध्यक्ष मुक्तिनाथ यादव, केन्द्रिय सदस्य जगदिश अधिकारी लगायतका बक्ताहरुले आ–आप्mनो धारणा राख्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ