News Category 2072/04/26
मधेशमुखी संविधान नआए आन्दोलनमा जाने झाको चेतावनी
दैनिक संवाददाता
राजविराज, २५ साउन ।
नेपाल सद्भावना पार्टीका केन्द्रिय अध्यक्ष अनिल कुमार झाले चार दलले ल्याएको संघियताको प्रारुप २५० वर्षदेखि मधेशमा व्यापक उत्पिडिन कै रुपमा रहेको भन्दै यस्तो संविधान जारी भए संविधान जलाईने र संविधान सभाले उक्त संविधान फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बताउँनुभयो ।
नेपाल सद्भावना पार्टी सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित भावी संविधानका प्रारुप तथा मधेशी सरोकार विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो कुरा बताउँनुभएको हो ।
उहाँले मधेशको नाम निसान मिटाई मधेशीलाई नेपाल बाहिर धपाउने षडयन्त्र भईरहेको भन्दै पहाडी शाषकहरु एकिकृत भई मधेशीलाई लुटछ भने मधेशीहरु एककिृत किन नहुने उल्लेख गर्नुभयो । उहाँले विगतमा मधेशवादी दल र नेताबाट भएको गल्तीलाई माफी दिई आन्दोलनमा जनतालाई उभिन आग्रह समेत गर्नुभयो ।
उहाँले मधेशमा पुन जंगल फडानी भईरहेको छ, सो लाई रोक्नुका साथै जंगल फडानीबाट निस्केको जग्गा स्थानीय भुमिहिनले पाउँनुपर्नेमा जोड दिनुभयो ।
एक अर्को प्रसङ्गमा अध्यक्ष झाले भारतीय यात्री चलि आउने गाडीबाट प्रहरी प्रशासन र भन्साराद्वारा पैसा ठग्ने काम भईरहेकोले भारतीय यात्रुको दरमा कमि आउनुका साथै राजस्व असुली समेत घटदै गएको बताउँनुभयो ।
त्यस्तै उहाँले डा. सिके राउतको सम्बन्धमा विगत २५ वर्षदेखी मधेशका लागि लड्दै आएका मधेशी नेताहरुलाई हिजो मधेशमा आएका सिके राउतले चोर र दिवालिया भन्नु कुन मधेशीतन्त्र र क्रान्तिकारीता हो भन्नेर प्रश्न समेत गर्नुभयो ।
उहाँले सर्वोच्च अदालतमा आप्mनो बयानको क्रममा स्वराजलाई स्वायतत्ता भनि बयान दिएको भन्दै झाले भन्नुभयो, “राउतको ठाउमा आफु भएको भए अदालतमा बयान नदिनुका साथै मैले त्यहाँ भन्थे यो नेपालको अदालत हो मेरो होईन म मधेशको अदालतमा जवाफ दिन्छु ।”
त्यसैगरी कार्यक्रममा नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य सुनिल कुमार रोहिताले आन्दोलन बाहेक अब केही विकल्प बाँकी नरहेको बताउँनुभयो । उहाँले झापादेखि पर्सासम्म र चितवनदेखि कंचनपुरगरी मधेशमा दुई प्रदेश बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्व.गजेन्द्र बाबुको सपना साकार पार्न संघर्ष अगाडी बढाएको स्पष्ट पार्नुभयो ।
यस्तै पार्टीका अर्का केन्द्रिय सदस्य राजिव झाले खोसिएको सप्तरी सेवा आश्रम पुनः छिन्नुपर्नेमा जोड दिदै गजेन्द्र नारायण सिंहको नाममा जनकपुरमा क्यान्सर अस्पताल निर्माण हुने तयारी भइरहेको जानकारी दिनुभयो ।
त्यस्तै मधेश राष्ट्रिय जनतान्त्रिक पार्टीका अनिल सिंहले शान्तिपुर्ण सडक आन्दोलनबाट मस्यौदा फाल्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी नेपाल शिक्षक मंच सुनसरीका अध्यक्ष राम नारायण यादवले मधेशलाई कमजोर र अधिकार बिहिन बनाउन दोश्रो संविधान सभाको नाटक मंचन गरीएको आरोप लगानुभयो ।
नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष शिबु यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा बरिष्ठ पत्रकार अनिल कुमार अनल, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र कुमार चौधरी, नेपाल पत्रकार महासंघका पुर्व सभापति विष्णु कुमार मण्डल, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, संघिय समाजवादी फोरम नेपालका युवा नेता नवनित झा, नेसपाका जिल्ला उपाध्यक्ष मुक्तिनाथ यादव, केन्द्रिय सदस्य जगदिश अधिकारी लगायतका बक्ताहरुले आ–आप्mनो धारणा राख्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ