News Category 2072/04/26
सप्तरी सिरहालाई पूर्वाञ्चलबाट हटाएकोमा एमाले केन्द्रिय सदस्य प्याकुरेलद्वारा बिरोध
दैनिक संवाददाता
राजविराज, २५ साउन ।
नेकपा एमालेका केन्द्रिय सदस्य सुमनराज प्याकुरेलले सप्तरी सिराहा लगायत सम्पुर्ण सगरमाथा अंचलका जनताको भावना विपरीत सप्तरी सिरहालाई पूर्वाञ्चलबाट काटी राज्य संरचना गरीएको प्रति बिरोध जनाउनु भएको छ ।
प्याकुरेलले सोमबार एक विज्ञप्ति जारि गर्दै नेपाललाई विश्वमै चिनाउने सगरमाथा चुचुरोको नाममा रहेको सगरमाथा अंचललाई विभाजित गरिएको प्रति बिरोध जनाउनु भएको हो ।
उहाँले राज्य पुर्नसंरचना गर्दा स्थानिय जनताको वास्तविक चाहनाप्रति भन्दा कोहि व्यक्तिहरुको गलत प्रचारबाजिबाट नेताहरु प्रभावित भएको जनाउँदै सगरमाथा प्रदेश वा पूर्वाञ्चल भित्रकै संरचनामा उनीहरु बस्न चाहेको उल्लेख छ ।
उहाँले विज्ञप्ति मार्फत नमिलेको संरचना मिलाउन संघिय आयोगको व्यवस्था पनी गरेको हुदा त्यस अन्र्तगत यी मागलाई जोडदार रुपमा अगाडी बढाउन सप्तरी, सिरहा, सगरमाथा र पूर्वाञ्चलका सम्पुर्ण राजनैतिक पार्टी सम्र्पूण तह र तप्काका न्यायपूणर््ा जनसमूदायलाई हार्दीक अपिल गर्नुभएको छ ।
जारि विज्ञप्तिमा आफ्नो संविधान आफै निर्माण गर्न पाउने सार्वभौम नेपाली जनताको चाहनाले मुर्तरुप नपाउने हो कि भनेर आशंकाको बादल मडारिरहेको अवस्थाको बितेको मध्यरातमा भएको सहमतिले अन्त भएको उल्लेख छ ।
सोही विज्ञप्ति मार्फत मगीरथ प्रयत्नशिल रही अगुवायी गर्नुहुने एमाले अध्यक्ष के.पी.ओली लगायत काग्रेस सभापति एवं प्रधानमंत्री सुशिल कोईराला, नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार एवम सम्वाद समितिका अध्यक्ष बाबुराम भट्टराई लगायत यस कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा भूमिका खेल्नुहुने सवैमा बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ