News Category 2072/04/27
सप्तरीदेखि पर्सासम्म समग्र मधेश प्रदेश बनाउनुपर्छ ः सभासद् यादव
दैनिक संवाददाता
राजविराज, २६ साउन ।
एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवम् सभासद् उमेश कुमार यादवले चार दलको सहमतिमा आएको ६ प्रदेशको खाकामा सप्तरीदेखि पर्सासम्मको मधेश प्रदेशलाई बिस्तार गरी समग्र मधेश प्रदेश बनाउनुपर्ने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा मगलवार पत्रकार सम्मेलन गर्दै उहाँले स्वायत मधेश प्रदेशको मुद्दामा आफूले कुनै सम्झौता नगर्ने बताउँदै सोका लागि पार्टीको ह्विप समेत स्विकार नगर्ने जिकिर गर्नुभयो ।
उहाँले सप्तरीलाई काटेर पूर्वमा मिसाउने षड्यन्त्र शुरु भइसकेकोले यसका लागि केही सभासद्हरु पनि सक्रियपूर्वक लागेको आरोप समेत लगाउनुभयो । झापा, मोरङ्ग र सुनसरीलाई पनि सप्तरी–पर्सामा मिलाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सप्तरीदेखि सर्लाहीसम्मका जिल्लाहरु मैथिलीभाषी बाहुल्य क्षेत्र भएकोले यसका लागि मैथिली अभियानीहरु सक्रिय हुनुपर्ने बेला आएको बताउँदै यादवले जनयुद्ध, जनआन्दोलन, मधेश बिद्रोह र उत्पीडित अल्पसंख्यक समुदायहरुको आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले हालको प्रस्तावमा सप्तरीदेखि पर्सासम्म राखे पनि सप्तरीलाई कोशी पूर्व क्षेत्रमा गाभ्ने षडयन्त्र भइरहेको प्रष्ट पार्दै सप्तरीलाई काटेर कोशी पूर्व क्षेत्रमा गाभिए जिल्लाको पहुँच न्यून हुनुका साथै भाषिक पहिचान समेत समाप्त हुने खतरा बढेको उल्लेख गर्नुभयो ।
सोही पत्रकार सम्मेलनमा विगत एक महिनादेखि बेपत्ता रहेका सप्तरीको बिसहरियाका युवा रमेश कुमार यादवको अवस्था अझैं अज्ञात रहेकोले उक्त विषयमा गम्भीर बन्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ