News Category 2072/04/28
थारुवानद्वारा तराईमा तीन प्रदेशको माग
दैनिक संवाददाता
राजविराज, २७ साउन ।
तराईमा पहिचानसहितको तीन प्रदेशलगायत पाँच सुत्रिय माग राख्दै पूर्वी थारुवान कोचिला राज्य संयुक्त संघर्ष समितिले बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री र संविधानसभा सभाध्यक्षलाई ज्ञापन पठाएको छ ।
बुझाइएको ज्ञापनमा झापा, सुनसरी, मोरङ, सप्तरी, सिरहा, उदयपुरलाई १ नं प्रदेश, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सालाई २ नं. प्रदेश र चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कंचनपुरलाई ३ नं. प्रदेशमा राखिनुपर्ने माग गरिएको छ ।
बुझाइएको ज्ञापनमा पूर्वमा तराईका ६ जिल्लालाई मिलाएर एउटा प्रदेश निर्माण गर्नुपर्नेमा सभासद्हरुमा तेजुलाल चौधरी, मानपुर चौधरी, डा. सुवोधकुमार पोखरेल, रन्जु ठाकुर, ताराकान्त चौधरी, मिथिला चौधरी, रंजित कर्ण, मोक्तार अहमद, अशोक कुमार मण्डलले हस्ताक्षर गरि संविधानसभामा बुझाउँदा समेत सोको वेवास्ता गरिएको उल्लेख छ ।
त्यस्तै समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको सम्पूर्ण अंगमा तराईका आदिवासी, जनजातीहरुलाई जातिय जनसंख्याको आधारमा छुट्टै कोटाको व्यवस्था गर्नुपर्ने, थारु बाहुल्य क्षेत्रमा निर्मित उद्योग, कलकारखानाहरुमा पहिलो प्राथमिकता तराईका आदिवासीहरुलाई दिनु पर्ने माग गरिएको छ ।
थारुहरुको ऐतिहासिक ग्राम थान, बढगरहरुलाई संरक्षण, सम्वर्धन र विकास गर्नको निम्ति बृहत्तर ग्रामथान बढगर विकास बोड गठन गर्नुपर्ने तथा संयुक्त थारु संघर्ष समितिसँग पटक पटक गरेको सहमति सम्झौता तुरुन्त कार्यान्वयन गर्नु पर्ने माग गरिएको छ ।
पूर्वी थारुवान कोचिला राज्य संयुक्त संघर्ष समितिका सप्तरी संयोजक बौली चौधरीको नेतृत्वमा आएको टोलीमा सप्तरी क्षेत्र नं. १ का एमाओवादी सभासद् मानपुर चौधरी, क्षेत्र नं. २ का सभासद् अशोक मण्डलसमेतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ