News Category 2072/05/01
बन्दको दोश्रो दिन सिंचाई कार्यालयमा आगजनी
दैनिक संवाददाता
राजविराज, ३२ साउन ।
मधेशी मोर्चा सप्तरीले गरेको दुई दिने बन्दको क्रममा सोमबार दोश्रो दिन आन्दोलनकारीहरुले राजविराजस्थित कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन डिभिजन नं। २ को कार्यालयमा आगजनी गरेका छन् ।
कार्यालयको प्राविधिक कोठामा भएको आगजनीबाट टेबुल, कुर्सी आवश्यक कागजातहरु जलेर नष्ट भएको सो कार्यालयले जनाएको छ । प्राविधि कोठामा आगजनी पश्चात् कार्यालय प्रमुख महेश्वर प्रसाद थारुको कोठाको ढोका फोडेर समेत आगजनीको प्रयास गरेको कर्मचारीहरुले जनाएका छन् ।
सो आगजनी कर्मचारीहरुले निभाएपछि प्रहरी र बारुणयन्त्र पुगेको थियो ।
यता संविधानको मस्यौदा, चार दलबीच भएको ६ प्रदेशको सीमांकनको सहमतिको विरोध मधेशी मोर्चा सप्तरीले गरेको दोश्रो दिनको बन्दमा पनि सप्तरी सदरमुकाम राजविराजसहित कल्याणपुर, कठौना, कदमाहा, कंचनपुर, भारदहलगायत बन्द रहेको छ । सो स्थानमा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन् । जसकारण जनजिवन कष्टर बन्दै गएको छ ।
बन्दका कारण आइतबार झैं सोमबार बिहानैदेखि बजार पसल, कलकारखाना खुल्न सकेको छैन् । बन्द सफल बनाउन बन्दकर्ता बिहानैदेखि राजमार्गमा बसिरहेका छन् भने राजविराजमा विभिन्न सरकारी, गैरसरकारी तथा वित्तिय संस्थाहरु बन्द गराउँदै प्रदर्शन गरिरहेका छन् ।
यता सुनसरी, मोरङ र झापालाई प्रदेश दुईमै राखी मधेस प्रदेश कायम गर्नुपर्ने, तराईमा तीन प्रदेश हुनुपर्ने, थरुहट प्रदेश बनाउनुपर्नेलगायत मागसहित पूर्वी थारुवान कोचिला राज्य समिति र थारु कल्याणकारी सभाले समेत तीन दिन अघिदेखी सप्तरी बन्दको आह्वान गरेको छ ।
यस्तै अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीले पनि शनिबारदेखी तीन दिनसम्म मधेश बन्दको आह्वान गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
- 2082/06/25 सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ