News Category 2072/05/01
सवारी साधन संचालन गर्न खोज्दा भारदहमा झडप, प्रहरी भ्यान तोडफोड, ट्रकमा आगजनी, अऋु ग्यास प्रहार
दैनिक संवाददाता
राजविराज, ३२ साउन ।
बन्दका कारण रोकेर राखिएको यातायातका साधनहरुलाई संचालन गराउन खोज्दा सप्तरीको भारदहमा मधेसी मोर्चा सप्तरीका कार्यकर्ता र प्रहरीबीच सोमबार साँझ झडप भएको छ ।
यातायत संचालन गराउन खोज्दा प्रहरीले दर्जनौं अऋु ग्यास प्रहार समेत गरेको छ । यसैबीच प्रदर्शनकारीहरुले एउटा प्रहरीको भ्यानमा समेत तोडफोड गरेका छन भने एक मालबाहक ट्रकमा आगजनी समेत गरेका छन् । त्यहाको अवस्था तनावग्रस्त बनेको छ । सो स्थानमा अहिले ३ सय यातायातका साधनहरु रोकिएका छन् ।
आइतबार साँझ राजधानीबाट पूर्वका लागि हिँडेको यात्रुबाहक बस, ट्रकलगायतका दुईभन्दा बढी सवारी साधन सप्तरीको रुपनी, भारदह तथा सिरहाको बन्दिपुरमा रोकिएपछि यात्रुहरु बिचल्लीमा परेका छन् ।
यस्तै सोमबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनीमा कान्तिपुर पत्रिका र नागरिक पत्रिका बोकेको गाडीलाई आन्दोलनकारीहरुले दुई घण्टा नियन्त्रणमा लिएर छोडेका छन् । यता भारदहमा स्थानियहरुले यात्रुहरुका लागि खानाको व्यवस्था समेत गरेका छन् ।
नेकपा–माओवादी र मधेसी मोर्चाले आइतबारदेखि दुई दिन बन्दको आह्वान गरेको हो भने थारु कल्याणकारिणी सभा, नेपाल सद्भावना पार्टी र सङ्घीय सद्भावना पार्टीले शनिबारदेखि तीन दिनको बन्द आह्वान गरेको हो । संविधानको मस्यौदा तथा चार दलले गरेको ६ प्रदेश सीमाङ्कनको विरोधमा मधेसवादी दलले आमहडतालको आह्वान गरेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ