News Category 2072/05/03
सहिद घोषणा नगरिएसम्म शव नबुझ्ने ः मधेशी मोर्चा
दैनिक संवाददाता
राजविराज, २ भदौं ।
मधेशी मोर्चा सप्तरीको नेतृत्वमा बुधबार सम्पन्न सर्वपक्षिय बैठकले प्रहरीको गोली लागि मृत्यु भएका भारदह १ निवासी ३० वर्षिय राजिव राउतको शव नबुझ्ने निर्णय गरेको छ ।
सप्तरीको भारदहमा सम्पन्न सो बैठकबाट मृतक राउतलाई सहिद घोषणा नगरेसम्म शव नबुझ्ने निर्णय गरिएको मोर्चाका तर्फबाट गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो । उहाँले राउतलाई सहिद घोषणा तथा परिवारजनलाई क्षतिपूर्ति स्वरुप रु. २० लाख उपलब्ध गराउनु पर्ने माग अघि सारिएको बताउनुभयो ।
यस्तै बुधबार मधेशी मोर्चाका तर्फबाट संयोजक दिनेश कुमार यादवले जारि गर्नुभएको विज्ञप्तिमा मोर्चाको शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले एक्कासी गोली प्रहार गरि भारदह वडा नं १ का राजीव राउतको हत्या गरेको घटनाबाट आन्दोलनकारीलाई झन आक्रोशित बनाएको उल्लेख गर्दै राउतलाई सहिद घोषणा नगरेसम्म प्रदर्शन जारि रहने जनाइएको छ ।
सो विज्ञप्तिमा ९ बुँदे मागहरु अघि सार्दै सो माग पुरा नभए सम्म मृतकको शव नबुझने जनाइएको छ । घटना बारे छानबिन गर्न उच्च स्तरिय न्यायीक छानबिन समिति गठन, मृतकका श्रीमतिलाई नेपाल सरकारको स्थायी रोजगारीको ब्यवस्था, दुई सन्तानलाई उच्च तह सम्मको निःशुल्क शिक्षाको ब्यवस्था र तत्पश्चात योग्यता अनुसार नेपाल सरकारको निकायमा सरकारी सेवाको सुनिश्चितता गर्न माग अघि सारिएको छ ।
यस्तै मृतक राजीव राउतको सम्मानमा सार्वजनिक स्थानमा शालिक निर्माण गरिनुका साथै सार्वजनिक स्थानको नामांकरण निजकै नाउबाट गर्न, गोली चलाउने र आदेश दिने दोषी प्रहरी उपर कर्तब्य ज्यान मुदा दर्ता, सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षक तथा भारदहमा प्रहरीको कमाण्ड सम्हालेका ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरिक्षकलाई तत्कालै बर्खास्त गर्न, स्वायत्त मधेस प्रदेशको सुनिश्चितता र आन्दोलनको क्रममा प्रहरीका गोली तथा अन्य हस्तक्षेपबाट घाईते भएकाहरुको उपचारको ब्यवस्था गर्न माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ