News Category 2072/05/03
सहिद घोषणा नगरिएसम्म शव नबुझ्ने ः मधेशी मोर्चा
दैनिक संवाददाता
राजविराज, २ भदौं ।
मधेशी मोर्चा सप्तरीको नेतृत्वमा बुधबार सम्पन्न सर्वपक्षिय बैठकले प्रहरीको गोली लागि मृत्यु भएका भारदह १ निवासी ३० वर्षिय राजिव राउतको शव नबुझ्ने निर्णय गरेको छ ।
सप्तरीको भारदहमा सम्पन्न सो बैठकबाट मृतक राउतलाई सहिद घोषणा नगरेसम्म शव नबुझ्ने निर्णय गरिएको मोर्चाका तर्फबाट गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो । उहाँले राउतलाई सहिद घोषणा तथा परिवारजनलाई क्षतिपूर्ति स्वरुप रु. २० लाख उपलब्ध गराउनु पर्ने माग अघि सारिएको बताउनुभयो ।
यस्तै बुधबार मधेशी मोर्चाका तर्फबाट संयोजक दिनेश कुमार यादवले जारि गर्नुभएको विज्ञप्तिमा मोर्चाको शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले एक्कासी गोली प्रहार गरि भारदह वडा नं १ का राजीव राउतको हत्या गरेको घटनाबाट आन्दोलनकारीलाई झन आक्रोशित बनाएको उल्लेख गर्दै राउतलाई सहिद घोषणा नगरेसम्म प्रदर्शन जारि रहने जनाइएको छ ।
सो विज्ञप्तिमा ९ बुँदे मागहरु अघि सार्दै सो माग पुरा नभए सम्म मृतकको शव नबुझने जनाइएको छ । घटना बारे छानबिन गर्न उच्च स्तरिय न्यायीक छानबिन समिति गठन, मृतकका श्रीमतिलाई नेपाल सरकारको स्थायी रोजगारीको ब्यवस्था, दुई सन्तानलाई उच्च तह सम्मको निःशुल्क शिक्षाको ब्यवस्था र तत्पश्चात योग्यता अनुसार नेपाल सरकारको निकायमा सरकारी सेवाको सुनिश्चितता गर्न माग अघि सारिएको छ ।
यस्तै मृतक राजीव राउतको सम्मानमा सार्वजनिक स्थानमा शालिक निर्माण गरिनुका साथै सार्वजनिक स्थानको नामांकरण निजकै नाउबाट गर्न, गोली चलाउने र आदेश दिने दोषी प्रहरी उपर कर्तब्य ज्यान मुदा दर्ता, सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षक तथा भारदहमा प्रहरीको कमाण्ड सम्हालेका ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरिक्षकलाई तत्कालै बर्खास्त गर्न, स्वायत्त मधेस प्रदेशको सुनिश्चितता र आन्दोलनको क्रममा प्रहरीका गोली तथा अन्य हस्तक्षेपबाट घाईते भएकाहरुको उपचारको ब्यवस्था गर्न माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ