News Category 2072/05/04
भारदहमा प्रहरी प्रशासनले स्थानियलाई दमन ग¥यो ः सभासद् मण्डल
दैनिक संवाददाता
राजविराज, ३ भदौं ।
सभासद् अशोक कुमार मण्डलले भारदहमा भएको घटनामा प्रहरी प्रशसानले दमन गरेको दाबी गर्नुभएको छ ।
मधेशी पत्रकार समाज सप्तरीले बिहीबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा उहाँले सो दाबी गर्नुहुदै प्रहरी प्रशासनले साउन ३१ गते राती राजमार्गमा थन्किएको गाडी संचालन गराउने नाममा स्थानियहरुको घरघरमा गएर कुटपीट तथा गाली गलोज आरोप लगाउनुभयो ।
सोही विषयको विरोधमा स्थानियहरुले भदौं १ गते भारदह चोकमा धर्ना दिएपछि प्रहरीले दमन गर्दा भारदह १ का राजीव राउतको मृत्यु र दर्जनौं ब्यक्ति घाईते भएको बताउनुभयो ।
प्रहरी माथि पेट्रोल बम प्रहार, प्रहरीको हतियार र संचार सेट खोस्न लागेका र कार्यालयमा घेराहाली आक्रमण गर्न लागेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको गृहमन्त्रीले संसदमा दिएको अभिब्यक्ति पूर्ण रुपले गलत रहेको उहाँले दाबी गर्नुभयो ।
उहाँले स्थलगत निरीक्षण गरी आमजनताको भावना बुझेर गृहमन्त्रीको भनाई निराधार रहेको ठोकुवा समेत गर्नुभयो । उहाँले यस घटना बारे काठमाण्डौ पुगी सदनमा विशेष समय लिएर यथार्थ घट्नाको जानकारी गराउने जानकारी दिनुभयो ।
मृतक राजीव राउतलाई शहिद घोषणा गरी क्षतिपुर्ती दिनुपर्ने, पीडित परिवारको भरणपोषणको जिम्मा राज्यले लिनुपर्ने बताउँदै सभाषद् मण्डलले घट्नाका दोषीहरुलाई कडा कारबाहीको माग समेत गर्नभयो ।
यस्तै घट्नाका दोषी इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज थापालाई अविलम्ब निलम्वन गर्न माग गर्दै आन्दोलनरत पक्षको राजनीतिक मुद्दा वार्ता गरी सम्बोधन गर्न माग समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ