News Category 2072/05/04
भारदहमा प्रहरी प्रशासनले स्थानियलाई दमन ग¥यो ः सभासद् मण्डल
दैनिक संवाददाता
राजविराज, ३ भदौं ।
सभासद् अशोक कुमार मण्डलले भारदहमा भएको घटनामा प्रहरी प्रशसानले दमन गरेको दाबी गर्नुभएको छ ।
मधेशी पत्रकार समाज सप्तरीले बिहीबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा उहाँले सो दाबी गर्नुहुदै प्रहरी प्रशासनले साउन ३१ गते राती राजमार्गमा थन्किएको गाडी संचालन गराउने नाममा स्थानियहरुको घरघरमा गएर कुटपीट तथा गाली गलोज आरोप लगाउनुभयो ।
सोही विषयको विरोधमा स्थानियहरुले भदौं १ गते भारदह चोकमा धर्ना दिएपछि प्रहरीले दमन गर्दा भारदह १ का राजीव राउतको मृत्यु र दर्जनौं ब्यक्ति घाईते भएको बताउनुभयो ।
प्रहरी माथि पेट्रोल बम प्रहार, प्रहरीको हतियार र संचार सेट खोस्न लागेका र कार्यालयमा घेराहाली आक्रमण गर्न लागेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको गृहमन्त्रीले संसदमा दिएको अभिब्यक्ति पूर्ण रुपले गलत रहेको उहाँले दाबी गर्नुभयो ।
उहाँले स्थलगत निरीक्षण गरी आमजनताको भावना बुझेर गृहमन्त्रीको भनाई निराधार रहेको ठोकुवा समेत गर्नुभयो । उहाँले यस घटना बारे काठमाण्डौ पुगी सदनमा विशेष समय लिएर यथार्थ घट्नाको जानकारी गराउने जानकारी दिनुभयो ।
मृतक राजीव राउतलाई शहिद घोषणा गरी क्षतिपुर्ती दिनुपर्ने, पीडित परिवारको भरणपोषणको जिम्मा राज्यले लिनुपर्ने बताउँदै सभाषद् मण्डलले घट्नाका दोषीहरुलाई कडा कारबाहीको माग समेत गर्नभयो ।
यस्तै घट्नाका दोषी इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज थापालाई अविलम्ब निलम्वन गर्न माग गर्दै आन्दोलनरत पक्षको राजनीतिक मुद्दा वार्ता गरी सम्बोधन गर्न माग समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ