News Category 2072/05/04
अमेरिका र यूरोपबाट राउतका परिवारलाई आर्थिक सहयोगको घोषणा
दैनिक संवाददाता
राजविराज, ३ भदौं ।
अमेरिकामा रहेका नेपाली समुदायले सप्तरीको भारदहमा प्रहरीको गोली लागि मृत्यु भएको घटना प्रति गम्भीर आपत्ती प्रकट गर्दै घोर निन्दा र भत्र्सना गरेको छ ।
नेपाली अमेरिकन सोलिडारिटी फ्रन्ट फर डेमोक्रेसी इन नेपाल नाम मोर्चाले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रदर्शनकारीमाथि जथाभाबी दमन गर्न निर्देशन दिने नेपाल सरकारको गृहमन्त्रीले तुरन्तै नेपाली जनतासँग माफि माग्नु पर्ने र पदबाट राजिनामा गर्नु पर्ने माग समेत गरेको छ ।
यस्तै विज्ञप्तिमा सो गोली काण्डमा मृत्यु भएका भारदह निवासी राजिव राउतको परिवारलाई फ्रन्टका सह संयोजक सतेन्द्र साहले १ लाख सहयोग गर्ने जनाएको छ ।
सरकारले यसरी आफ्नै नागरिकमाथि सरकारको बर्बर दमनले लोकतन्त्रको खिल्ली उडाएको र नेपालीहरुको शिर विश्वसामु झुकाएको मोर्चाले ठहर गरेको जारि प्रेस विज्ञप्तीमा उल्लेख छ ।
यसैगरि संघीय समाजवादी फोरमका वैकल्पिक केन्द्रीय सदस्य तथा नेफेसो यूरोपका अध्यक्ष पेम्बागेल्बु शेर्पाले मधेस आन्दोलनका क्रममा सप्तरीमा प्रहरी गोलीबाट मृत्यु भएका परिवारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
अधिकारका लागि भएको आन्दोलनमा सक्रिय राउतको सम्मानमा आफूले सहयोग गर्न लागेको शेर्पाले फेसबुकमार्फत जानकारी दिएका हुन् । सो रकम संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य आङकाजी शेर्पामार्फत हस्तान्तरण गरिने छ ।
शेर्पाले यसअघि पनि नेपालमा विभिन्न मावनीय र सामाजिक काममा सहयोग गर्दै आउनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ