News Category 2072/05/05
“सक्छांै भने मलाई गोली हान निमुख्खालाई होइन्” ः महतो
दैनिक संवादादता
भारदह, ४ भदौं ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले शान्तिपूर्ण आन्दोलनमा ओर्लेका निमुख्खा जनतालाई नभएर आफूलाई गोली हान्न् प्रहरी प्रशासनलाई चुनौती दिनुभएको छ ।
सप्तरीको भारदहमा भदौं १ गते आन्दोलनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका भारदहका राजिव राउतको श्रद्धाञ्जली सभामा शुक्रबार बोल्दै उहाँले सो चुनौती दिनुभएको हो ।
उहाँले राज्यपक्षसँग आफूहरु अब कुनै वार्ता नगर्ने भन्नुहुदै विगतको सहमति सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष महतोले तीन दलले गणितीय अंकको आधारमा र विगतको सम्झौता कार्यान्वयन नगरि संविधान जारि गर्न लागेको आरोप लगाउदै तीन दल ज्ञानेन्द्रको भन्दा पनि बढी निरंकुशता देखाइरहेको जिकिर गर्नुभयो ।
उहाँले मधेशीको अधिकार संविधानसभाबाट सुनिश्चित नहुने छाटकाट देखिएपछि आफूहरुले संविधानसभाबाट बाहिरएको उल्लेख गर्दै अब मधेशीहरुको अधिकार सडक आन्दोलनबाटै प्राप्त गर्ने दाबी समेत गर्नुभयो ।
उहाँले दशकौंदेखी राज्यपक्षले मधेशी, दलित, उतपीडित, जनजाती, महिला, मुश्लिमलाई अधिकारबाट बञ्चित गरिरहेकोमा मधेश आन्दोलन २ गर्नु बाहेकको विकल्प नरहेको जिकिर गर्नुभयो ।
उहाँले आफूहरुले राज्यपक्षबाट विगतमा भएको ८ बुँदे सहमति कै आधारमा संविधान बन्नु पर्ने बाहेकको अरु केही नमागेको प्रस्ट पार्नुभयो । त्यस्तै अध्यक्ष महतोले विगतको गल्तिबाट आफूहरुले धेरै पाठ सिकेको जानकारी दिँदै अब सबैपक्षबाट सर्तक रहेको जिकिर गर्नुभयो ।
यसैगरी सो सभामा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अन्तिम र निर्णायक मधेश विद्रोह प्रारम्भ भईसकेको उद्घोष गर्दै यसअघिको आन्दोलनमा मधेशी मोर्चासँग भएका सहमतिहरु कार्यान्वयन नभए सम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो ।
नेता ठाकुरले सरकार अधिकारका लागि भइरहेको जनविद्रोह प्रहरी लगाएर दवाउन खोजेको आरोप लगाउँदै विभेदका विरुद्ध आन्दोलन चर्किएको स्पष्ट पार्नुभयो ।
त्यस्तै सो सभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको संविधान बनाउन राज्यपक्ष उदासिन नभएकोले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले मधेशी जनताको अधिकार अब सडक आन्दोलनबाटै प्राप्त हुने दाबी समेत गर्नुभयो ।
सभामा सद्भावना पार्टी उपाध्यक्ष रामबाबु साह, फोरमका सभासद् लक्ष्मी चौधरी, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास तिवारी, एमाओवादीका सभासद् मानपुर चौधरी, नेकपा–माओवादीका देवनाथ यादव लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो श्रद्धाञ्जली सभामा भारदह आसपासका छिमेकी गाउँका हजारौंको संख्यामा जनसहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/11 भुमि समस्या समाधान आयोगले निस्सा बितरण र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
- 2082/05/11 अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
- 2082/05/11 जसपा नेपालका नेता दिपक यादवको निधन
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ