News Category 2072/05/05
राजीवको मृत्यु बारे प्रहरीको दुईधारे भनाई
दैनिक संवाददाता
राजविराज, ४ भदौं ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले भारदह घटना बारे शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो दुईधारे धारणा सार्वजनिक गरेको छ ।
आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी उपरिक्षक शिशिर कुमार कर्माचार्यले भन्नुभयो, “राजिव राउत भनिने राजेन्द्र राउतको मृत्यु प्रहरीको गोली अथवा आन्दोलनकारीकै गोलीबाट मृत्य भएको भन्ने कुरा अनुसन्धानको विषय रहेको छ ।”
यस्तै उहाँले भदौं १ गते भारदहमा उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास र ग्रिनेट गरी ३२ सेल, २५ राउण्ड हवाई फायर, शट गनको रवर बुलेट १० राउण्ड र जंगी ५ राउण्ड फायर गरेको दाबी गर्नुभयो ।
उहाँले आन्दोलनकारी तर्फबाट घाईते भारदह १ का ३० वर्षिय राजिव राउतको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको तथा गोली लागेर सोही स्थानका दिपक साह, भारदह २ निवासी ४५ वर्षिय देवनारायण विश्वास, भारदहकै सुरेन्द्र मण्डल मात्र घाइते भएको बताउनुभयो । त्यस्तै प्रहरीतर्फ प्रहरी हवलदार दिनेश पौडेल, प्रहरी जवानहरु प्रताप गौतम, ईशकलाल राजवंशी, धन बहादुर हमाल, दुर्गा राना र सखेल श्रेष्ठ सहित घाईते भएको जानकारी दिनुभयो । तर प्रहरीको गोलीबाट अन्य तीन जना घाईते भई बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार्थ रहेको कुनै जानकारी दिइएन् ।
आयोजित पत्रकार सम्मेलनमा भारदह गाविस १ स्थित भारदह चौकमा आन्दोलनकारीहरुले बाटो अवरोध गर्ने समयमा खटिएका प्रहरी टोलीले बाटो बन्द नगर्न अनुरोध गरेपछि उल्टै प्रहरीमाथि ढुङ्गामुढा गरेकाले भिडलाई हटाउन समान्य लाठी चार्ज गरेको र १२ सेल अश्रुग्यास सेल फायर गरीएको जानकारी दिइयो । यता स्थानियवासीहरुले प्रहरीले घर घरमा छिरेर महिलाहरुलाई समेत कुटपिट गरेको आरोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ