News Category 2072/05/08
मधेशी मोर्चाको आन्दोलनमा नेपाल सद्भावना पार्टीको समर्थन
दैनिक संवाददाता
राजविराज, ७ भदौं ।
मधेशी मोर्चा सप्तरीको आन्दोलनमा नेपाल सद्भावना पार्टीलाई पनि आन्दोलनमा सहभागी गराई अघि बढने निर्णय गरीएको जनाएको छ ।
मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवको अध्यक्षतामा बसेको बैठकले विभिन्न १२ बुँदे निर्णय गरेको मधेशी मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका शहिद राजीव भनिने राजेन्द्र कुमार राउतको शवयात्रा सोमबार सुनसरीको धरानदेखि इटहरी, इनरुवा हुँदै सप्तरीको भारदह, कंचनपुर, लहान र सदरमुकाम राजविराजमा समेत प्रदर्शन गरी मंगलबार भारदहमा अन्तिम संस्कार गर्ने जनाएको छ ।
यस्तै मोर्चाको आन्दोलमा सहभागी हुन ईच्छुक अन्य पार्टी संगठन, संघ संस्था र सरोकारवालालाई सम्पर्क गर्नका लागि शैलेन्द्र प्रसाद साहको संयोजकत्वमा महेश यादव, सुनिल झा, युसुफ अली, जयप्रकाश ठाकुर, मनिष सुमन र देवनाथ यादवलाई सदस्य रहनेगरी सम्पर्क समिति गठन गरिनुका साथै गजेन्द्र्र चौकमा रहेको माओवादी कार्यालयलाई हाल मोर्चाको सम्पर्क कार्यालयको रुपमा प्रयोग गर्ने र सोका लागि प्रभाकर सिंह र भोला प्रसाद यादवलाई जिम्मा दिने निर्णय गरीएको जनाएको छ ।
त्यस्तै मोर्चामा आवद्ध सबै पार्टीका अध्यक्ष तथा संयोजकलाई आन्दोलन परिचालन समितिको सचिवालयमा रहनेगरी जिम्मेवारी दिने निर्णयका साथै आन्दोलनका लागि आवश्यक पर्ने आर्थिक स्रोत जुटाउन जय प्रकाश ठाकुरको संयोजकत्वमा शैलेन्द्र्र साह, महेश यादव, देवनाथ यादव, सूर्यनाथ यादव, हरेकृष्ण प्रसाद सिंह र दिपेन्द्र चौधरी सदस्य रहनेगरी आर्थिक समिति गठन गरीएको छ ।
यसैगरी स्वास्थ्य व्यवस्थापन समितितर्फ नरेन्द्र यादव संयोजक तथा विशेश्वर मंडल, धर्मेन्द्र चौधरी, लक्ष्मण यादव, महेन्द्र खंग र महेश यादवलाई सदस्यको जिम्मेबारी दिने निर्णय गर्नुका साथै मञ्च व्यवस्थापन समितिमा संयोजक लक्ष्मण यादव र सदस्यहरुमा तारकेश्वर यादव, भुपेन्द्र यादव, मुकेश यादव र तुला माझीलाई जिम्मेबारी दिईएको छ भने सम्पन्न बैठकले भारदह, कंचनपुर रुपनीलाई आन्दोलनको प्रमुख नाका मान्दै उक्त ठाउँहरुमा आन्दोलन व्यवस्थित गर्न विशेषगरी रातिको समयमा मोर्चाआवद्ध विभिन्न दलका जिम्मेबार पदाधिकारीलाई जिम्मा दिने निर्णय गरीएको छ ।
यस्तै विद्यार्थी युवा र अन्य दलका जनवर्गीय संगठनलाई परिचालन गर्ने जिम्मा महेश यादवलाई दिने निर्णय गर्नुका साथै मोर्चा आवद्ध दलका केन्द्रीय नेताहरुलाई सल्लाहकार समितिमा राख्ने तथा मोर्चाको आन्दोलन र कार्यक्रमलाई मिडियामा प्रवाह गर्न अमरनाथ मण्डलको संयोजकत्वमा र उपेन्द्र साह र गजेन्द्र मण्डल सदस्य रहनेगरी सूचना तथा सञ्चार समिति निर्माण गर्ने निर्णय गरीएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।
त्यस्तै सम्पन्न बैठकले मधेश मुक्तिको यस आन्दोलनमा सप्तरीका बुद्धिजिवी, नागरिक समाज, युवा, विद्यार्थी, कानून व्यवसायी, सञ्चारकर्मी, सरकारी तथा गैर सरकारी संघ संस्था लगायत सम्पूर्ण पक्षहरु तथा सर्वसाधारणलाई यस निर्णायक मधेश आन्दोलनलाई आ–आफ्नो ठाउँबाट सहयोगको अपेक्षा राख्दै मधेश मुक्तिको आन्दोलनलाई निर्णायक बिन्दुमा पु¥याउन मोर्चाले हार्दिक अनुरोध समेत विज्ञप्ती मार्फत गरीएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ