News Category 2070/04/20
चार दलले संविधानसभा निर्वाचन नचाहेको कमल थापाको आरोप
राजविराज÷राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्ट दलहरुलाई राष्ट्रपतिले वार्ताको लागि आह्वान गर्नुपर्ने बताउनुभएको छ ।
राप्रपा नेपाल सप्तरीले शनिबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले तीन दल र मधेसी मोर्चाको नियम निर्वाचन गराउनु नरहेकाले असन्तुष्टहरुलाई राष्ट्रपतिले नै वार्तामा बोलाउनुपर्ने बताउनुभयो ।
मुलुक जटिल अवस्थामा रहेका बेला राष्ट्रपतिको मौन बस्न नहुने भन्दै उहाँले राष्ट्रपतिको मौनता बुझिनसक्नु रहेको जिकिर गर्नुभयो ।
निर्वाचन बहिष्कारको घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग तत्काल सहकार्य हुने सम्भावना नरहेको भन्दै अध्यक्ष थापाले दुई पार्टीको मान्यता नै फरक रहेकाले सहकार्यको विषयमा छलफलसमेत हुन नसकेको दाबी गर्नुभयो । उहाँले निर्वाचन नभएको अवस्थामा आन्दोलनमा संघर्ष बाहेक कुनै विकल्प नरहने भन्दै त्यसबेला भने वैद्य माओवादीसँग सहकार्य हुनसक्ने धारणा राख्नुभयो ।
उच्चस्तरीय राजनीतिक संयन्त्र निर्वाचनको लागि तगारो बनेको भन्दै अध्यक्ष थापाले तत्काल चार दलीय संयन्त्रलाई खारेज गरी राजनीतिक सहमतिका लागि गोलमेच सम्मेलनमा जानुपर्ने बताउनुभयो ।
बिदेशी षडन्त्र र उग्रबामपन्थीको योजना तहत मुलुकमा गणतन्त्र र धर्मनिरीपेक्षता घोषणा गरिएको आरोप लगाउनुहुँदै उहाँले सनातन हिन्दु राज्य स्थापना र राजा सहितको प्रजातन्त्रका लागि आगामी भदौ २६ गतेदेखि मुलुकभरी नै राष्ट्रिय एकता यात्रा शुरु गर्न लागेको बताउनुभयो ।
राष्ट्रियता कमजोर भएको र जवर्जस्ती गणतन्त्र थुपारिएकोले त्यस बिरुद्ध आगामी कार्तिक ४ गतेदेखि मंसीर ११ गतेसम्म हस्ताक्ष्र अभियान शुरु गर्न पार्टीको योजना रहेको उहाँले उल्लेख गर्नुभयो ।
आगामी मंसीर ४ गते हुने अर्काे संबिधानसभाको निर्वाचनका लागि युद्धगतिमा तयारी तिब्र पारेको जानकारी दिनुहुँदै उहाँले अब हुने निर्वाचनमा आफ्नो पार्टीले एक तिहाई सिटमा बिजयी हासिल गर्ने दाबी गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ