News Category 2072/05/10
कैलाली घटना सरकारद्वारा दमन गरेपछिको प्रतिवादको घटना ः अध्यक्ष यादव
दैनिक संवाददाता
राजविराज, ९ भदौ ।
तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले कैलालीको टीकापुरको घटना सरकारद्वारा दमन गरेपछिको प्रतिवादको घटना भएको बताउनु भएको छ ।
बुधबार राजविराजस्थित गजेन्द्र चौकमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले आन्दोलनकारीहरुलाई उत्तेजित गरेर दमन गर्न खोजेपछि कैलालीको घटना भएको दाबी गर्नुभयो ।
उहाँले आफ्नो हकअधिकारका लागि शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्न खोजेको आरोप समेत लगाउनु भयो । विगतमा भएको सहमतिहरु पुरा नभएसम्म संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विगत १२ दिनदेखी गरिरहेको आन्दोलन नरोकिने अध्यक्ष यादवले जानकारी दिनुभयो ।
अध्यक्ष यादवले संविधानसभाबाट मोर्चाको माग पुरा भएमात्र वार्तामा जाने स्पष्ट पार्दै आन्दोलन शान्तिपूर्ण तरिकाले भइरहेकोमा सरकारले त्यसलाई दबाउन विभिन्न प्रकारको दमनकारी नीति अपनाउ खोजिरहेको आरोप लगाउनुभयो ।
एक अर्को प्रसङमा उहाँले तीन पार्टीको गतिविधि मधेशी, मुश्लिम, जनजाति, उत्पीडित, थारु लगायतको पहिचानलाई नै समाप्त पार्न खोजेको आरोप समेत लगाउनुभयो । त्यस्तै कैलाली घटनापछि सरकारले मधेशको केही जिल्लाहरुमा सेना परिचालन गर्नु अत्यन्त निन्दनीय कार्य भएको भन्दै ८ दल सम्मिलित संयुक्त लोकतान्त्रिक मोर्चाले राष्ट्रपतिलाई ज्ञापन समेत बुझाउने जानकारी दिनुभयो ।
सो पत्रकार सम्मेलनमा मधेशी मोर्चा सप्तरीका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ