News Category 2072/05/10
थाकस र मोर्चाबीच कार्यगत एकता
दैनिक संवाददाता
राजविराज, ९ भदौ ।
थारु कल्याणकारिणीसभा र आममूल निवासी मुक्तिमोर्चा नेपालबीच बुधबार सप्तरीको कदमाहामा कार्यगत एकता भएको छ ।
सभा र मोर्चाका पदाधिकारीको सप्तरीको कदमाहामा सम्पन्न संयुक्त बैठकले कार्यगत एकता गरी जारी अधिकार प्राप्तिको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । कार्यगत एकतासँगै जारी आन्दोलनमा थारु कल्याणकारिणीसभा र आममूल निवासी मुक्ति मोर्चा संयुक्त रुपमा आन्दोलनमा सहभागि हुने जनाइएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा सभा र मोर्चाका नेताले दुवै सङ्गठनको मुद्दामा एकरुपता भएकाले आन्दोलनलाई सशक्त बनाउन कार्यगत एकता गरेको बताएका छन् ।
थारु कल्याणकारिणीसभाका केन्द्रीय सदस्य उचितनारायण चौधरीले तराई मधेसमा तीनवटा प्रदेश बनाइनुपर्ने, संविधानमा धर्म निरपेक्षता कायम राख्नुपर्ने, उत्पीडित समुदायलाई समानुपातिक आरक्षण दिनुपर्नेलगायतका मुद्दामा एकरुपता रहेकाले दुवैबीच कार्यगत एकता भएको बताउनुभयो ।
पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुर मिलाएर एकप्रदेश, धनुषादेखि नवलपरासीसम्म अर्काे प्रदेश र रुपन्देहीदेखि कैलालीसम्म तेश्रो प्रदेश गरी तराईमा तीन प्रदेश हुनुपर्ने बताउनु भयो ।
सोही पत्रकार सम्मेलनमा आममूल निवासी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष झवरप्रसाद रामले आन्दोलनमा सहकार्य गर्ने अवधारणअनुसार आफूहरूले थारु कल्याणकारिणीसभासँग कार्यगत एकता गरेको उल्लेख गर्दै अधिकार नमिलेसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ