News Category 2072/05/11
मधेश जनबिद्रोहलाई दमन गर्ने सरकारी नीति ः तमरा अभियान
दैनिक संवाददाता
राजविराज, १० भदौं ।
तमरा मधेश राष्ट्रिय अभियानले मधेसमा पुनः जनबिद्रोह उठेको बेला नेपाल सरकारले सो बिद्रोहलाई दमन गर्न राज्यका सबै सुरक्षानिकायहरूलाई आक्रमक रूपमा प्रस्तुत हुन भनेको जनाउँदै तमरा अभियान राज्य र आन्दोलनकारी दुबैपक्षबाट गरिएका यस हत्या र हिंसाको भत्र्सना गरेको छ ।
अभियानका संयोजक जयप्रकाश गुप्ताद्वारा जारि विज्ञप्तिमा सरकारको दमनको स्वरूप हालसम्ममा सप्तरीको भारदहमा राजीव राउत, रुपन्देहीको बेलहियामा दुर्गेश यादव, लुम्बिनी क्षेत्रमा सुनिल यादव तथा रौतहटको गौरमा राजकिशोर ठाकुरको हत्या गरिएको उल्लेख छ ।
सो विज्ञप्तिमा आन्दोलनकारीबाट कैलालीको टिकापुरमा नेपाल प्रहरीका अधिकृत लक्ष्मण न्यौपानेसहित आठजना प्रहरीको निर्ममतापुर्वक हत्या भएको उल्लेख गर्दै एक दुई बर्षीय अवोध वालकको समेत हत्या गरिएको जनाइएको छ ।
यस्तै विज्ञप्तिमा भनिएको छ, “मधेसका अनेकन् जिल्लाहरूमा सुरक्षाबलले आन्दोलनकारी जनताउपर गोली चलाएको छ । यसबाटपचासौं आन्दोलनकारीहरू घाइते छन् । कयौंव्यक्तिहरू हालसम्म बेपता रहेको भनिन्छ । चोटपटकबाट घाइते हुनेको संख्या व्यापक छ । मानवीयक्षतिको यो क्रमजारी छ ।”
यस्तै तमरा अभियान भारदह, टिकापुर, गौर, बेलहियालगायत अन्य सबै स्थानहरूमा भएका हत्या तथा घटनाहरूको स्वतन्त्र छानविन हुनुपर्ने माग गर्दै सरकारले मारिएका व्यक्तिको आश्रित परिवारकालागि तत्काल आर्थिक राहत दिन विज्ञप्तिमा जनाइएको छ ।
यसैगरि नेपाल सरकारले मधेसका जिल्लाहरूमा शांति स्थापनाका लागि तत्काल सैनिक परिचालनको कार्यलाई फिर्ता लिन समेत तमरा अभियानले माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “यस संविधानसभा भित्रको नाटकको आधारमाबन्ने संविधानले कुनैपनि अर्थमा जनवैधता पाउदैन । तसर्थ, तत्काल संविधाननिर्माणका सबै कार्यहरूलाई रोकिनु पर्दछ र नयां राजनीतिक सहमतिको निर्माणका लागि पहल गरिनु पर्दछ भन्ने तमरा अभियानको दृष्टिकोण जानकारी गराउन चाहन्छौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ