News Category 2072/05/12
बौद्धिक समाज सप्तरीले जारि आन्दोलनमा समर्थन जनाउँदै मौन जुलुस निकाल्ने
दैनिक संवाददाता
राजविराज, ११ भदौं ।
मधेश र मधेशीको हकअधिकारका लागि जारि मधेश आन्दोलनप्रति समर्थन जनाउँदै सप्तरीका बौद्धिक समाजले आइतबार बृहत मौन जुलुस प्रदर्शन गर्ने निर्णय गरेको छ ।
वरिष्ठ राजनीतिकर्मी खुशीलाल मण्डलको संयोजकत्वमा शुक्रबार राजविराजमा सम्पन्न बैद्धिक समाज सप्तरीको बैठकले सो निर्णय गर्दै जारि मधेश आन्दोलन ३ मा समर्थन गरेको हो ।
सम्पन्न बैठकमा प्राध्यापक, अधिवक्ता, प्यावसन, एनप्यावसन, शिक्षक युनियन, शिक्षक संगठन, शिक्षक संघ, जातिय संगठन, अन्तरजातिय संगठन, समाजसेवी, बुद्धिजिवि, पूर्व कर्मचारी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
वरिष्ठ अधिवक्ता हिम्मत सिंह, पूर्व जिविस सभापति विरवल बिराजी, प्यावसन अध्यक्ष पंचदेव यादव, एनप्यावसन अध्यक्ष बौकु साह, डा. अवधकिशोर सिंह, अशोक कुमार झा, शिक्षक युनियनका अध्यक्ष फलेश्वर मण्डल, शिक्षक संघका अध्यक्ष परशुराम यादव, शिक्षक संगठनका अध्यक्ष योगेन्द्र साह, शिवराम दास, वरिष्ठ पत्रकारहरु अनिलकुमार अनल, शिवहरि भट्टराई, बैद्यनाथ झा, विष्णु कुमार मण्डल, प्रेस काउन्सिल सदस्य मूरली प्रसाद यादव, प्रेस काउन्सिलका पूर्व सदस्य देवराम यादव, पत्रकार माला कर्ण, संचार यात्राकी अध्यक्ष करुणा झालगायतले मौन जुलुसमा सहभागिता जनाउने प्रतिबद्धता गर्नुभएको छ ।
मौन जुुलुस आइतबार दिउँसो ३ बजे राजविराजस्थित शिवमन्दिरको प्राङ्गनबाट निकालिने संयोजक मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ