News Category 2070/04/20
काठ बिवादमा एसएसपी थापा प्रहरी प्रधान कार्यालय तानिए
राजविराज÷गैरकानुनी काठ निर्यात भएको भन्दै सगरमाथा अंचल प्रहरी कार्यालय राजविराजको गाडीलाई वनका पदाधिकारीहरुले गाडी नियन्त्रणमा लिएपछि बिवादमा तानिएका सगरमाथा अंचलका बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) भोगबहादुर थापा प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
सगरमाथा अंचल प्रहरी कार्यालय राजविराजको वा१ग २२०१ नम्वरको गाडिमा अबैध काठ लग्दै गरेको गोप्य सुचना पछि स्थानियबासीहरुले सप्तरीको फत्तेपुरमा गाडी नियन्त्रणमा लिएका थिए ।
गत वुधवार राति करिव ११ वजे राति रक्तमाला सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी र उपभोक्ताले अंचल प्रहरी कार्यालयको गाडि नियन्त्रणमा लिई ईलाका वन कार्यालय कन्चनपुरको जिम्मा लगाएपछि एसएसपी थापा बिवादमा तानिनु भएको थियो । उहाँको स्थानमा बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) श्याम खत्री आउन लागेको श्रोतले जनाएको छ ।
बिवाद पछि आवश्यक अनुसन्धानका लागि एसएसपी थापालाई प्रहरी प्रधान कार्यालय तानिएको श्रोतले जनाएको छ ।
अवैध रुपमा ल्याउदै गरेको सालको करिव ३५ क्यूफिट काठ सहित अञ्चल प्रहरी कार्यालयको गाडी पक्राउ गरि आवश्यक अनुसन्धानका लागि ईलाका वन कार्यालय कन्चनपुरको जिम्मा लगाएको थियो ।
एसएसपी थापासँगै ईलाका प्रहरी कार्यालय वेल्टारका प्रहरी निरीक्षक किरण गुरुङ्ग समेतको सरुवा भएको श्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ