News Category 2072/05/13
राज्यसत्ता कायम राख्ने षड्यन्त्रको प्रतिफल टीकापुर घटना ः डा. डम्बर नारायण यादव
काठमाडौं÷मधेश नागरिक समाजका अध्यक्ष डा. डम्बर नारायण यादवले ठूला–बडा राजनीतिक दलका केही नेताहरुले आफ्ना पुख्र्यौली राज्यसत्ता कायम राख्ने षड्यन्त्रको प्रतिफल टीकापुर घटना हुन गएको आरोप लगाउनु भएको छ ।
यादवले बिहीबार प्रेस विज्ञप्ति जारी गरी टीकापुर घटना दुःखद परिस्थिति सत्ता पक्षका बल मिचाइले गर्दा उत्पन्न भएको धारणा राख्नु भएको छ ।
यादवले पश्चिमी नेपालका केही नेताहरु आफ्ना राजनीतिक मौजा यथावत राख्न अखण्डका नाममा संघीयताको सिद्धान्तको विपरीत नानागरिका जालझेल गरी थारुहरुलाई खण्डित गरी हकहित र सहभागिताबाट वञ्चित गर्न खोजेको विज्ञप्तिमा उल्लेख गरिएको छ । गृहमन्त्रीलगायत केही नेताहरु आफ्ना कमी कमजोरी र दिशाहीनता लुकाउन टीकापुरको घटनालाई घुसपैठिया र छरछिमेकको सहयोगमा सञ्चालन भएको आरोप गलत, भ्रमपूर्ण र षड्यन्त्र रहेको उहाँले प्रष्ट्याउनु भएको छ ।
उहाँले थरुहट प्रदेशको स्थापना नकार्दा ठूलो ऐतिहासिक भूल हुने र यसले सम्पूर्ण देशमा गृहयुद्धको आगो सल्काउने चेतावनी दिनुभएको छ । टीकापुर घटनाक्रमका सम्पूर्ण जिम्मेवार नेपालका राजनीतिक दलका नेताहरु नै रहेको उहाँको आरोप छ । ‘यो नेतृत्व दिशाहीन र असमक्ष छ’, विज्ञप्तिमा भनिएको छ, ‘सेना परिचालन समस्याको समाधान होइन । यो राजनीतिक मुद्दा हो, तसर्थ यसको राजनीतिक समाधान चाहिएको छ ।’ देशको गम्भीर परिस्थितिबारे चिन्तन र राष्ट्रिय बहस अविलम्ब थाल्न समाजले सबै पक्षसँग अपील गरेको छ ।
गत सोमबार टकिापुरमा घटेको हिंसात्मक घटनामा प्रहरी निरीक्षकसहित ८ जना सुरक्षाकमीृको हत्याप्रति समाज मर्माहत तथ स्तब्ध भएको जनाएको । यस्तै प्रकृतिका सुर्खेत, भारदह र गौरमा घटेका हत्याहिंसाका घटनाप्रति गम्भीररुपमा चिन्तित रहेको समाजले जनाएको छ । सो सम्बन्धमा उच्चस्तरीय छानबिन आयोगको गठन र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन मागसमेत समाजले गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ