News Category 2072/05/15
एक्यबद्धता जनाउन दश हजार मानवसागर ओर्लिए शिक्षक महासंघ र मुस्लिम समाज सप्तरीद्वारा आन्दोलनमा एक्यबद्धता
दैनिक संवाददाता
राजविराज, १४ भदौं ।
जारि मधेश आन्दोलनमा एक्यबद्धता जनाउँदै सोमबार राजविराजमा मुस्लिम समाज र शिक्षक महासंघ सप्तरीले एक्यबद्धता जुलुस निकालेकोे छ ।
शिक्षक महासंघको नेतृत्वमा सप्तरीका सम्पूर्ण निजि तथा सरकारी विद्यालयका करिब ५ हजारको संख्यामा शिक्षक शिक्षिकाहरुले आन्दोलनप्रति एक्यबद्धता जनाउँदै मौन जुलुस निकालेका छन् । भावि संविधानमा मधेश र मधेशीहरुको हकअधिकार सुनिश्चित गर्न माग गर्दैै सरकारी दमन बिरुद्ध मौन जुलुस निकालेको शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर मण्डलले जानकारी दिनुभयो ।
महासंघका अध्यक्ष फुलेश्वर कुमार मण्डलको अध्यक्षतामा आयोजित सो एक्यबद्धता सभामा शिक्षक अगुवा विज्यानन्द झा, नेपाल शिक्षक संघका अध्यक्ष परशुराम यादव, नेपाल शिक्षक महासंघकी उपाध्यक्ष निलम मिश्रा, महासंघका केन्द्रिय सदस्य दिनेश प्रसाद यादव, प्याव्सन अध्यक्ष पंचदेव यादव, एनप्याव्सनका अध्यक्ष बौकु साह, नेपाल प्याव्सनका अध्यक्ष दिनेश यादव, देबु यादव, एकिकृत अखिल नेपाल शिक्षक संघका सुरेश कुमार यादव, नेपाल शिक्षक मंचका केन्द्रिय सदस्य भोगानन्द मिश्रा, नेपाल निजामती कर्मचारी परिषदका बबन झा लगायतका बक्ताहरुले अधिकार माग्दा बिखण्डनकारी भन्ने वर्तमान सरकारका गृहमन्त्रीलाई नैतिकताका आधारमा राजिनामा दिनुपर्ने माग गर्दै आन्दोलनलाई अझै सशक्त बनाई राजमार्ग केन्द्रित बनाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै मुस्लिम समाज सप्तरीको अगुवाईमा स्थानिय राजरंगशालाबाट निकालिएको एक्यबद्धता जुलुसले नगरपरिक्रमा गरेको थियो । सो जुलुसमा जिल्लाभरीका करिब ५ हजार मुस्लिम धर्मावलम्बिहरुको सहभागिता रहेको थियो ।
यसअघि मुस्लिम समाज सप्तरीले धर्मनिर्पेक्षता संस्थागत गर्नुपर्ने, सबै प्रकारको उत्पीडनको अन्त्य गर्न, मुस्लिम जनसंख्याको आधारमा हरेक क्षेत्रमा आरक्षण, मुस्लिम पारिवारि कानुन लागु गर्न, मुस्लिम समुदायको पहिचानको सम्बैधानिक ग्यारेन्टि गर्न, संबैधानिक राष्ट्रिय मुस्लिम आयोग गठन गर्न, बैधानिक हज कमिटी गठन गर्न र बैधानिक मदरसा शिक्षा बोर्डको गठन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत राष्ट्रपति, प्रधानमन्त्रि र सभामुखसमक्ष ज्ञापन बुझाएको मुस्लिम समाजका संयोजक अनिस अंसारीले जानकारी दिनुभयो ।
मुस्लिम समाजका संयोजक अनिस अन्सारीको अध्यक्षतामा एक्यबद्धता जुलुस पश्चात् गजेन्द्र चौकमा आयोजित सभामा मुस्लिम अगुवा हासिम अन्सारी, फोरम नेपालका नेता तथा मुस्लिम अगुवा युसुफ अली, सगरमाथा यातायात व्यवसायी संघका अध्यक्ष नुरुल होदा अन्सारी, मो.गणि, सकिल अहम्मद, कलाम खाँ, एमाओवादीका मो.कलाम, मो.मुस्लिम, फोरम नेपालका नेता मो.एयुव राईन, अधिवक्ता समिम अख्तर लगायतका बक्ताहरुले जारी आन्दोलनमा एक्यवद्धता जनाउँदै ८ बुँदे माग कार्यान्वयन गर्नको लागि सरकारसँग माग गर्नुभयो ।
यसअघि आइतबार बौद्धिक एवं पेशागत समाज सप्तरी, निर्माण व्यवासयी संघ सप्तरीले जारि मधेश आन्द्योलनमा एक्यबद्धता जनाउँदै मौन जुुलुस निकालेको थियो । यस्तै नागरिक समाज, जातिय संगठन, कथबनिया समाज, पुनरावेदन र जिल्ला बार इकाई समिति, सगरमाथा पेट्रोलियम डिलर्स एशोसियशनलले जारि आन्दोलनलाई एक्यबद्धता जनाइसकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ