News Category 2070/04/21

बलात्काको प्रयास गर्ने अभियुक्तलाई पक्राउको माग गर्दै प्रदर्शन

दैनिक समाचारदाता


दैनिक संवादादता
राजविराज, २० साउन । 
जाहेरी दत्र्ता गराएको एक साता बित्न लाग्दा समेत अभियुक्तलाई पक्राउ गर्न नसकेको भन्दै आईतवार सप्तरीको सितापुर गाविसका स्थानियबासीहरुले राजविराजमा प्रदर्शन गरेका छन् । 
नाबालिकालाई बलात्कारको प्रयास गर्ने अभियुक्तलाई स्थानिय प्रहरी प्रशासनले पक्राउ गर्न नसकेको भन्दै स्थानियबासी र पिडीत परिवारले सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेललाई ज्ञापनपत्र समेत बुझाएका छन् । 
सितापुर गाविस–१ निवासी मानन चौधरीको ३२ बर्षीय छोरा नागेश्वर प्रसाद चौधरीले गत साउन १० गते साँझ घरमा कोही नभएको मौका छोपी स्थानिय एक १२ बर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको भन्दै पिडीत परिवारले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दत्र्ता गराएको थियो । 
अभियुक्त चौधरी बिरुद्ध जाहेरी दत्र्ता भएको एक साता बितिसक्दा पनि प्रहरीले अभियुक्त पक्राउ गर्न नसकेकाले प्रशासनलाई दबाब दिन प्रदर्शन र प्रजिअलाई ज्ञापनपत्र बुझाएको स्थानियहरुले बताएका छन् । 

प्रतिकृया दिनुहोस