News Category 2072/05/15
माइक्रोमा तोडफोड तथा आगजनीको प्रयास १ नं. नापी शाखाको साइनबोर्ड जलाए
दैनिक संवाददाता
राजविराज, १४ भदौं ।
विगत १७ दिनदेखी जारि मधेश बन्दका क्रममा सोमबार बिहान सप्तरीको रुपनीमा एक माइक्रो बसमा आन्दोलनकारीहरुले तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेका छन् ।
आइतबारराति करिब १२ बजे काठमाडौंबाट राजविराजतर्फ आउँदै गरेको बा २ ख ६२३९ माइक्रो बसलाई आन्दोलनकारीहरुले राजविराज रुपनी सडकखण्डमा रोकेर तोडफोड गरेका थिए । तोडफोड पश्चात् सो माइक्रोलाई प्रहरीले नियन्त्रणमा लिई रुपनी चौकमा राखेको थियो । सोही क्रममा सोमबार बिहान राति तोडफोड गरिएको माइक्रोलाई आन्दोलनकारीहरुले आगजनी गर्न थालेपछि प्रहरीले त्यसलाई तुरन्त निभाएको थियो ।
यता राती स्कर्टिङ गरि सवारीसाधनहरु लैजान खोज्दा आन्दोलनकारीहरुले दुई दर्जन सवारीसाधनहरुमा ढुङ्गामुढा समेत गरेका छन् । सो ढुङ्गामुढाबाट अधिकांश बस तथा ट्रकको झ्यालका सिसाहरु फुटेका छन् ।
यता सोमबार राजविराजस्थित कुनौली रोडमा रहेको १ नं. नापी शाखा कार्यालयको साइनबोर्ड तथा दुई वटा कुर्सी बाहिर निकालेर आन्दोलनकारीहरुले जलाएका छन् ।
यस्तै मधेशी मोर्चा सप्तरीको आह्वानमा गरिएको आमहड्तालको सोमबार १७ दिन पुगेको छ । सो क्रममा सप्तरीको जनजीवन अत्यन्त प्रभावित बनेको छ । उद्योग, कलकारखाना, शैक्षिक संस्था, वित्तिय संस्था, पसल लगायत बन्द नै रहेको छ भने यातायाताका सवारीसाधनहरु चल्न सकेका छैनन् ।
दुई साता भन्दा बढी दिनदेखी बन्द रहेकाले यहाँ दैनिक उपभोग्य समाग्रिहरुको अभाव सृजना भएको छ । यातायात नचल्दा सरकारी तथा निजि कार्यालयहरुमा सेवाग्राहीहरु आउन नसक्दा कामकाज पूर्ण रुपले ठप्प भएको छ भने अदालतमा समेत बन्दको असर परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ