News Category 2072/05/16
बिरगन्ज र कलैयामा गरि पाँच आन्दोलनकारीको मृत्यु
दैनिक संवाददाता
राजविराज, १५ भदौ ।
बिरगन्ज र कलैयामा गरि मंगलबार प्रहरीको गोली लागि पाँच आन्दोलनकारीको मृत्यु भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आहृवान गरेको वीरगञ्ज बन्दमा हिंसात्मक झडप हुँदा चार जनाको मृत्यु भएको छ ।
प्रहरीले बिरगन्जको श्रीपुरमा चलाएको गोली लागेर पर्सा मनरियाका धर्मराज सिंहको मृत्यु भएको छ । नगवा प्रहरी चौकी नजिक भएको झडपमा दिनानाथ साह, सोहन साह कलवार र भोला साह कानुको मृत्यु भएको छ । उनीहरुलाई प्रहरीले चलाएको गोली लागेको थियो ।
सोमबारबाटै तनावग्रस्त रहेको बिरगन्जमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू मंगलबार तोड्दै प्रदर्शनमा उत्रिएका बन्दकर्ताले श्रीपुर र नगवा प्रहरी चौकीमा आक्रमण गरेपछि सुरक्षाकर्मीर्ले अश्रुग्यासका साथै हवाइ फायर गरेको थियो ।
झडपमा घाइते भएका प्रज्वल तिवारी र अमेरीलाल पाल गम्भीर घाइते भएका छन् । उनीहरु दुबैलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।
यसअघि सोमबार पनि वीरगञ्जमा प्रहरीको गोली लागेर दिलिप सिंह चौरसियाको मृत्यु भएको थियो ।
यता बाराको कलैयास्थित भरत चोकमा मंगलबार प्रदर्शनकारी र प्रहरीबीचको झडपमा परी कलैया नगरपालिका–१० रङ्गपुरका २२ वर्षीय हिफाजत मियाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
यसअघि शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीको गोली लागि सप्तरीको भारदह १ का राजेन्द्र राउत, रौतहट मठिया गाविसका १८ वर्षीय राजकिशोर ठाकुर, रुपन्देही कम्हरीया निहिवाका २० वर्षीय दुर्गेश यादव, लुम्बिनीका सुनिल यादवको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ