News Category 2072/05/16
अन्तरजातीय महासंघ आवद्ध जातिय संगठनद्वारा आन्दोलनमा एक्यबद्धता
दैनिक संवाददाता
राजविराज, १५ भदौ ।
जारि मधेश आन्दोलनप्रति एक्यबद्धता जनाउँदै अन्तरजातीय महासंघ सप्तरीले मंगलबार राजविराजमा एक्यबद्धता जुलुस निकालेको छ ।
महासंघसँग आवद्ध सो एक्वयद्धता जु्लुसमा कुशवाहा समाज सप्तरी, मरवाडी सेवा समिति, राजधोव उत्थान संगम र राजधोव महासंघ, यादव सेवा समिति, नेपाल नाईक समाज, घोषिन उत्थान मंच नेपाल, नेपाल बढई कल्याण समाज, राउत मेहतर समाज सप्तरी, देव जाती, मालि समाज नेपाल, चित्रगुप्त सेवा समिति, तेली कल्याण समाज, नेपाल कथबनिया समाज, ब्राह्मण सेवा समाज सहितका जातीय संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको एक्यबद्धता जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
यादव सेवा समितिका अध्यक्ष प्रयाग यादवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा तेली कल्याण समाजका उपेन्द्र प्रसाद साह, कुशवाहा समाजका भोगेन्द्र प्रसाद यादव, नेपाल कथबनिया समाजका अध्यक्ष केशव प्रसाद दास, नेपाल धानुक समाजका केन्द्रिय उपाध्यक्ष सनत कुमार मण्डल, यादव सेवा समितिका कैलाश प्रसाद यादव, नाई समाजका हरिचन्द्र ठाकुर, मेहतर समाजका मनोज राउत, सदा समाजका दिनेश सदा, नेपाल राजधोव उत्थान समाजका भिखो माझी, बागेश्वरी सेवा समितिका ई.इन्द्र नारायण देव, मारवाडी समाजका थानसिंह भन्साली लगायतका बक्ताहरुले जारि आन्दोलनमा एक्यबद्धता जनाउँदै अधिकार प्राप्त नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।
सभामा सहभागि बक्ताहरुले विगतमा विभिन्न जनआन्दोलन, सशस्त्र आन्दोलन, मधेश विद्रोह, जनजाती, आदिवासी, दलित, मुस्लिम लगायतका आन्दोलनबाट तत्कालीन सरकारले गरेको सम्झौताहरु सम्मान गर्नुपर्ने माग गरेका छन् ।
यसअघि शिक्षक महासंघ सप्तरी, मुस्लिम समाज सप्तरी, बौद्धिक एवं पेशागत समाज सप्तरी, निर्माण व्यवासयी संघ सप्तरी, नागरिक समाज, पुनरावेदन र जिल्ला बार इकाई समिति, सगरमाथा पेट्रोलियम डिलर्स एशोसियशनलले जारि आन्दोलनलाई एक्यबद्धता जनाइसकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ