News Category 2072/05/16
पत्रकार महासंघ सप्तरीद्वारा जारि आन्दोलनमा एक्यबद्धता
दैनिक संवाददाता
राजविराज, १५ भदौ ।
नेपाल पत्रकार महासंघ सप्तरीले मधेशी मोर्चा तथा थरुहट संघर्ष समितिले आन्दोलन थालेको १८ दिन पुगिसक्दा समेत सरकारी तर्फबाट कुनै किसिमको पहल नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका सचिव ओमप्रकाश साहद्वारा मंगलबार जारि विज्ञप्तिमा प्रदेश सिमांकन तथा मस्यौदाप्रति बिरोध जनाउँदै थालिएको आन्दोलनलाई कुनै किसिमको सम्बोधन गर्न नखोज्नु सरकारको रबैयाप्रति आशंका उब्जाएको ठहर गरिएको छ ।
विज्ञप्तिमा हामी अधिकार प्राप्तीकोलागि मधेशी मोर्चा तथा थरुहट संघर्ष समितिद्वारा जारी शान्तिपूर्ण आन्दोलनको समर्थन गर्दै एक्यबद्धता प्रकट गर्दै समाचार संकलन गर्न सम्पूर्ण संचारकर्मीलाई आवतजावत गर्न र रिपोर्टिङ्ग गर्नका लागि उचित वातावरण बनाइदिन आन्दोलनरत पक्ष र राज्य पक्षसँग आग्रह गरिएको छ ।
विज्ञप्तिमा सरकारले कुनै किसिमको चासो नलिएकै कारण आन्दोलन चर्किदैं गएको र त्यस क्रममा सरकारी पक्षबाट नै चालिएको दमनका कारण सप्तरी भारदहका राजेन्द्र राउत, रौतहट मठियाका राजकिशोर ठाकुर, रुपन्देहीका दुर्गेश यादव र लुम्बिनीका सुनिल यादवका साथै बीरगंजमा समेत सुरक्षाकर्मीले चलाएको गोली लागेर चार जना गरी आठ जनाको ज्यान गइसकेको जनाएको छ ।
यस्तै विज्ञप्तिमा आन्दोलनलाई नै मध्यनजर गरेर सरकारले बिभिन्न जिल्लामा अन्तरिम संविधान २०६३ विपरित सेना समेत परिचालन गरिसकेका तथा तराई÷मधेशका जिल्लाहरुमा दैनिक रुपमा प्रदर्शन भइरहँदा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भइरहेको अवस्था रहेको जनाउँदै आन्दोलनका क्रममा सयौ घाइते भइसकेका जनाइएको छ ।
आन्दोलनलाई लामो बन्न नदिन र जनजीवन सहज बनाउनका लागि भएपनि असंवैधानिक तरिकाले परिचालन गरिएको सेना फिर्ता बोलाई सरकारले आन्दोलनकारीको मागलाई अबिलम्ब सम्बोधन गर्न विज्ञप्तिमार्फत माग गरिएको छ ।
साथै विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीहरु तथा कैलालीको टिकापुरमा मारिएका प्रहरी अधिकृतसहित सम्पूर्ण प्रहरीप्रति श्रद्वाञ्जली अर्पण गर्दै यस घडीमा शान्ति निर्माणको कार्यमा सहयोग गर्न, आपसी सद्भाव कायम राख्न तथा कुनै पनि किसिमको हिंसात्मक गतिविधिहरु नगर्न सबैमा आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ