News Category 2072/05/21
राजविराजमा बृहत धोती जुलुस प्रर्दशन
दैनिक संवाददाता
राजविराज, २० भदौं ।
मधेशी मोर्चा सप्तरीको आयोजनामा आइतबार राजविराजमा बृहत धोती जुलुस प्रर्दशन गरिएको छ ।
स्थानिय शिवमन्दिरको प्राङ्गनबाट निकालिएको सो धोती जुलुस नगर परिक्रमा गर्दै स्थानिय जनआन्दोलन चौकमा पुगि बिरोध सभामा परिणत भएको थियो ।
सो बिरोध सभामा विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव केसीले मधेशीको हक अधिकार सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभएको छ ।
उहाँले मधेशी जनतामाथि सदियौदेखि भईरहेको षडयन्त्रको बिरोधमा तथा मधेशी जनताको अधिकारका लागि अब सम्पुर्ण मधेशीहरु जागिसकेको बताउँदै भारतमा भएको स्वतन्त्रतताका लडाई जस्तै अहिले मधेश स्वतन्त्रताको लडाई जारी रहेको तथा अधिकार प्राप्ति नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पार्नुभयो ।
उहाँले नयाँ बन्ने संविधानमा मधेशी जनताको हक अधिकार सुनिश्चितताका लागि अब अब मधेशी जनताहरु गोली खान पनि पछाडी नहटने बताउनुभयो ।
एक अर्को प्रसङमा उहाँले चार दलले मधेश आन्दोनमा षडयन्त्र गरीरहेको आरोप लगाउँदै आन्दोलन तुहाउन सरकारले सेना परिचालन समेत सडकमा ल्याएर मधेशी जनतामाथी थप दमन गरिरहेको जिकरि गर्नुभयो ।
विद्यार्थी मंचका जिल्ला अध्यक्ष शम्भु कुमार यादवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा संघिय समाजवादी फोरम नेपाल क्षेत्र न. ३ का अध्यक्ष नवनित झा, केदार यादव, सद्भावना पार्टी एवं आन्दोलन परिचालन समितिका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, रामसपाका प्रवक्ता बलराम यादव, शंकर यादव, काशीन्द्र राम लगायतका बक्ताहरुले मधेशको अधिकार सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने उदघोष गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ