News Category 2072/05/21
संघीय लोकतान्त्रिक मोर्चाको संयोजकमा गजेन्द्र मण्डल
दैनिक संवाददाता
राजविराज, २० भदौं ।
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टीबीच कार्यगत एकता भई निर्माण भएको संघीय लोकतान्त्रिक मोर्चा सप्तरीको जिल्ला संयोजक परिवर्तन भएको छ ।
मोर्चाका सप्तरी प्रचार प्रसार संयोजक अरबिन्द कुमार यादवद्वारा आइतबार जारि विज्ञप्तिमा मोर्चाका संयोजक सत्यनारायण यादव काम विशेषले बाहिर जानु भएकोले राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डललाई सो जिम्मेवारी दिइएको उल्लेख छ ।
यस्तै विज्ञप्तिमा आन्दोलनलाई निरन्तरता एवं प्रभावकारी बनाउनका लागि मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला सचिव अरबिन्द यादवको संयोजकत्वमा तेजनारायण र सन्तोष रायसहितको तीन सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको जनाइएको छ ।
त्यस्तै मोर्चाको सचिवालय सचिवमा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष बैजु प्रसाद दासलाई चयन गर्नुका साथै फोरम लोकतान्त्रिकका जिल्ला उपाध्यक्ष उमेश कुमार साहलाई सो पार्टीको नेतृत्वको जिम्मा दिइएको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ