News Category 2070/02/27
पिसिएफ शिक्षक र प्रहरीबिच झड्प, प्रहरी हबल्दार सहित चार घाईते
दैनिक संवाददाता
राजविराज, २६ जेठ ।
आन्दोलनरत पिसिएफ शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय सप्तरीमा तालाबन्दी गर्न खोज्दा प्रहरीसँग आइतबार झड्प भएको छ । झड्पमा एक प्रहरी सशस्त्र हबल्दारसहित चार जना घाइते भएका छन् ।
अन्य शिक्षक सरह सेवा सुबिधा पाउनुपर्ने, प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने लगायतका बिभिन्न माग सहित आन्दोलनरत पिसिएफ शिक्षकहरुले शिक्षा कार्यालयमा तालाबन्दी गर्न खोज्दा दुबै पक्षबीच झडप भएको हो । झडपको क्रममा एक सशस्त्र प्रहरी हबल्दार र तीन जना शिक्षक घाईते भएका छन् भने चार जनालाई शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाईते हुनेमा सशस्त्र प्रहरी हबल्दार बर्सिलाल उराउँ, पिसिएफ शिक्षकहरु श्याम कुमार यादव, पञ्चदेव यादव र गुञ्जेश्वर यादव रहेका छन् ।
घाईते चारै जनाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
सो क्रममा प्रहरीले मसीलाल उच्च मावि कुशहाका प्राचार्य हंसलाल मेहता, जमावि रामपुर जमुवाका पिसिएफ शिक्षक शान्तिकुमारी चौधरी, मञ्जुला चौधरी र मावि मैनाकडेरीका पिसिएफ शिक्षक सुनिताकुमारी यादवलाई पक्राउ गरेको छ । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
यता आफुहरुको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै पिसिएफ शिक्षकहरुले अहिले जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
- 2082/12/18 आजदेखि एसईई परीक्षा, परीक्षा मर्यादित होस्
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ