News Category 2072/05/24
सरकारी दमनप्रति तमराको भत्र्सना
दैनिक संवाददाता
राजविराज, २३ भदौं ।
तराई मधेश राष्ट्रिय अभियानले बुधबार मधेसभर फेरी सरकारले दमनको श्रृंखला बढाएको प्रति घोर भत्सर्ना गरेको छ ।
तराई मधेश राष्ट्रिय अभियानका अध्यक्ष जय प्रकाश गुप्ताद्वारा जारी विज्ञप्तीमा बिशेषगरी बिराटनगरको रानी क्षेत्र, सप्तरीको भारदह, कंचनरुपनगरपालिकाको कंचनपुर, रुपनी जस्तापूर्वी क्षेत्रमा सरकारी सुरक्षा निकाय आक्रमक रुपमा प्रदर्शनकारी उपर जाईलागेको तथा सोही क्रममा पोर्ताहाका रामकिसुन राउतको नृशंशतापूर्वक हत्या गरिएको घटनाको घोर भत्सर्ना गरेको छ ।
हस्ताक्षरित विज्ञप्तीमा जिल्लाको कंचनपुर र बिराटनगरमा प्रहरीको गोलीबाट अनेकौ मानिस घाइते भएको जनाउदै यी घटनाहरु अत्यन्त निन्दनीय रहेको तथा सरकारबाट नियोजित रुपमा मधेशमा षडयन्त्र गरीरहेको जनाएको छ ।
साथै सरकारले मुलुकमा असमान्य अवस्था खडा गरेर बल पूर्वक संघीयता बिरोधी संविधान ल्याउन चाहेको आरोप लगाउदै यस्तो अवस्थामा ल्याइने संविधान कागजको खोष्टा बाहेक कुनै राजनीतिक मान्यता नपाउने जनाएको छ ।
तमरा अभियान तत्काल संविधानसभाका सबै प्रकृयाहरुलाई रोकेर मधेसका सवालहरुको समाधानमा पहल गर्न नेपाल सरकार र राजनीतिक दलहरुलाई अपील समेत गरिएको छ ।
साथै देशलाई यस गृहयुद्ध उन्मुख अवस्थाबाट जोगाउ आज अत्यन्त आवश्यक भएको तथ्य सबै जिम्मेवार निकायले आत्मसातगर्नु जरुरी रहेको जनाउदै यसरी नै व्यापक जनधनको क्षति र आन्दोलनको शक्तिलाई जोगाउन आन्दोलनकारीले पनि आन्दोलनलाई शांतिपूर्ण राख्नु उत्तिकै जरुरी रहेको बताउदै तमरा अभियान मृतक शहीद रामकिसुन राउत प्रति हार्दीक श्रद्धाञ्जली समेत विज्ञप्ती मार्फत ब्यक्त गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/27 नेपाल–भारत सीमाका ४ सय ७९ सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा
- 2082/07/27 सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
- 2082/07/27 मोरङले महिला क्रिकेटको उपाधी हात पा¥यो
- 2082/07/25 चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु
- 2082/07/24 गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
- 2082/07/24 नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध
- 2082/07/24 प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
- 2082/07/24 राजविराजमा महिला क्रिकेट सुरु
- 2082/07/23 करदाता सेवा कार्यालय यथावत नराखिए आन्दोलन चर्काउने चेतावनी
- 2082/07/23 जननिर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक ः अध्यक्ष यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ