News Category 2072/05/25
राउतको शवयात्रा पश्चात् अन्त्येष्टि सम्पन्न
दैनिक संवाददाता
राजविराज, २४ भदौं ।
जारि आन्दोलनका क्रममा बुधबार भारदहमा प्रहरीको गोली लागि मृत्यु भएका रामकृष्ण राउतको बिहीबार शवयात्रा पश्चात् अन्त्येष्टि गरिएको छ । यसअघि राउतको शवलाई बिहीबार बिहान राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा पोष्टमार्टम पछि शव यात्रा निकालिएको थियो ।
सो शवयात्रा राजविराज नगर परिक्रमा पश्चात् रुपनीहुँदै पुनःराजविराज, तोपा, हनुमानगर, भारदह हुँदै बिहीबारै राउतको कोशी ब्यारेजमा अन्त्येष्टि गरिएको हो ।
यसैबिच स्व.राउतप्रति राजविराजस्थित गजेन्द्र चौकमा मधेशी मोर्चाका विभिन्न नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली अपर्ण गरेका छन् ।
संघिय समाजवादी फोरम नेपालकी केन्द्रिय उपाध्यक्ष रेणु कुमारी यादव, केन्द्रिय सदस्य शैलेन्द्र साह, फोरम नेपालका शम्भु झा, सद्भावना पार्टीका केन्द्रिय रामबाबु साह, सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर, नेकपा माओवादीका केन्द्रिय सदस्य महेश प्रसाद यादव लगायतले श्रद्धाञ्जली अपर्ण गर्नुभएको थियो ।
भारदह पोर्ताहा सडकखण्डको विभिन्न ठाउँका रुख काटेर सडक अवरुद्ध गरेको विषयलाई लिएर उत्पन्न परिस्थितिमा प्रहरीले चलाएको गोली लागि पोर्ताहा १ निवासी ६५ वर्षिय रामकृष्ण राउतको घटनास्थलमै मृत्यु भएको थियो । यसअघि आन्दोलनकै क्रममा भारदहमा भदौं १ गते २४ वर्षिय राजिव भनिने राजेन्द्र राउतको प्रहरीको गोली लागि मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ