News Category 2072/05/25
राउतको शवयात्रा पश्चात् अन्त्येष्टि सम्पन्न
दैनिक संवाददाता
राजविराज, २४ भदौं ।
जारि आन्दोलनका क्रममा बुधबार भारदहमा प्रहरीको गोली लागि मृत्यु भएका रामकृष्ण राउतको बिहीबार शवयात्रा पश्चात् अन्त्येष्टि गरिएको छ । यसअघि राउतको शवलाई बिहीबार बिहान राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा पोष्टमार्टम पछि शव यात्रा निकालिएको थियो ।
सो शवयात्रा राजविराज नगर परिक्रमा पश्चात् रुपनीहुँदै पुनःराजविराज, तोपा, हनुमानगर, भारदह हुँदै बिहीबारै राउतको कोशी ब्यारेजमा अन्त्येष्टि गरिएको हो ।
यसैबिच स्व.राउतप्रति राजविराजस्थित गजेन्द्र चौकमा मधेशी मोर्चाका विभिन्न नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली अपर्ण गरेका छन् ।
संघिय समाजवादी फोरम नेपालकी केन्द्रिय उपाध्यक्ष रेणु कुमारी यादव, केन्द्रिय सदस्य शैलेन्द्र साह, फोरम नेपालका शम्भु झा, सद्भावना पार्टीका केन्द्रिय रामबाबु साह, सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर, नेकपा माओवादीका केन्द्रिय सदस्य महेश प्रसाद यादव लगायतले श्रद्धाञ्जली अपर्ण गर्नुभएको थियो ।
भारदह पोर्ताहा सडकखण्डको विभिन्न ठाउँका रुख काटेर सडक अवरुद्ध गरेको विषयलाई लिएर उत्पन्न परिस्थितिमा प्रहरीले चलाएको गोली लागि पोर्ताहा १ निवासी ६५ वर्षिय रामकृष्ण राउतको घटनास्थलमै मृत्यु भएको थियो । यसअघि आन्दोलनकै क्रममा भारदहमा भदौं १ गते २४ वर्षिय राजिव भनिने राजेन्द्र राउतको प्रहरीको गोली लागि मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ