News Category 2072/05/25
कोशी ब्यारेजदेखी बलान नदीसम्म दंगाग्रस्त क्षेत्र घोषणा, सेना परिचालन सिरहामा निषेधित क्षेत्र, जनकपुरमा अनिश्चितकालिन कफर््यु
दैनिक संवाददाता
राजविराज, २४ भदौं ।
आन्दोलन हिंसात्मक गएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले पूर्वमा कोशी ब्यारेजदेखी पश्चिममा बलान नदीसम्म दंगाग्रस्त क्षेत्र घोषणा गर्दै नेपाली सेना परिचालन गरेको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले बिहिबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी पुर्वमा कोशी ब्यारेजदेखि पश्चिममा बलान नदीको पुलसम्मको पुर्व पश्चिम लोकमार्ग, कदमाहादेखि पन्ध्र कठठे सडक खण्ड र उक्त सडक खण्डको दायाँ ५ सय मिटर र बायाँ ५ सय मिटरसम्मको सम्पुर्ण क्षेत्रलाई भदौ २४ गते राति १० बजेदेखि अर्को आदेश जारी नभएसम्मलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (ख) बमोजिम दंगाग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो ।
सप्तरीका सुरक्षा निकायको सम्पन्न बैठकले सो निर्णय गरेको तथा तोकिएको क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन गर्न अथवा पोष्टर वा पर्चा जस्ता सामग्री टाँस्न वा लेख्न, सडक अवरुद्ध गर्न तथा तोकिएको दंगाग्रस्त क्षेत्रमा ५ वा सो भन्दा बढी ब्यक्तिहरु जम्मा हुन निषेध गरिएको प्रजिअ यादवले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रजिअ यादवले यदि कसैले यो आदेश उल्लघंन गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्न सुरक्षा फौज बाध्य हुने जानकारी दिनुभयो ।
आयोजित पत्रकार सम्मेलनमा श्रावण ३१ गतेदेखि गरेको अनिश्चिकालिन बन्दको क्रममा सप्तरी जिल्ला भित्र पर्ने पुर्व पश्चिम लोकमार्गको सम्पुर्ण सडक खण्डलाई अवरुद्ध गर्ने मनसायले लोकमार्ग र सहायक मार्गको विभिन्न स्थानहरुमा सभा, जुलुस गर्ने, राजमार्ग खुलाउन परिचालित सुरक्षा फौजमाथि ढुङ्गामुढा गर्ने, गुलेली, शिशा, पेट्रोल बम, प्रहरी बिटमा आगजनी गर्ने, लाठी एवं विभिन्न घरेलु हतियार सहित प्रदर्शन गर्ने र सुरक्षा फौजमाथि आक्रमण गर्ने, सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने लगायतका हिंसात्मक क्रियाकलापहरु गर्दै आएकोले यस्ता क्रियाकलापको रोकथाम सामान्य प्रहरी कारवाहीद्वारा सम्भव नदेखिएको भन्दै दंगाग्रस्त क्षेत्र घोषणा गरि नेपाली सेना परिचालन गर्ने प्रजिअ यादवले जानकारी दिनुभयो ।
यस्तै आन्दोलन हिंसात्मक गएको भन्दै जिल्ला सुरक्षा समितिले सिरहा जिल्लाका केही भागलाई अनिश्चितकालका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले सार्वजनिक सूचना जारी गर्दै आन्दोलन हिंसात्मक देखिएकाले जिल्लाको शान्ति सुरक्षा र यातायात सञ्चालन गराउन बिहीबार मध्याह्न १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाको पूर्वी सीमा बलानदेखि पश्चिम कमला नदी र दक्षिण भारतीय सीमाको लचकासम्म निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।
बुधबार साँझ प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर आठजना प्रदर्शनकारी घाइते भएका थिए । ट्राफिक प्रहरी कार्यालय सिरहाको लहान नगरपालिका– १ स्थित भाडाको घरमा सञ्चालित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बिहीबार बिहान उत्तेजित युवाको एक समूहले १० बजेतिर आगजनी र तोडफोड गर्नुका साथै एउटा मोटरसाइकल जलाएपछि अवस्था तनावग्रस्त बनेको हो । सुरक्षाका कारण बुधबार साँझदेखि नै ट्राफिक प्रहरीहरू कार्यालय खाली गरेर इलाका प्रहरी कार्यालयमा सरेका थिए ।
यस्तै धुनषा प्रशासनले जनकपुरमा शुक्रबार बिहान ६ बजेदेखी अनिश्चितकालिन कफर््युको आदेश जारि गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ